ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मलेसियालाई ६ विकेटले हराउँदै नेपाल लगातार दोस्रो जितसँगै शीर्षस्थानमा


ABC NEWS
१८ भदौ २०८३, बिहिबार   १२ : ४५   बजे

 

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले एसीसी प्रिमियर कपमा लगातार दोस्रो जित दर्ता गरेको छ। बिहीबार भएको समूह चरणको दोस्रो खेलमा नेपालले घरेलु टोली मलेसियालाई ६ विकेटले पराजित गरेको हो। लगातार दोस्रो जितसँगै नेपाल चार अंक जोडेर समूहको शीर्षस्थानमा पुगेको छ। पहिलो खेलमा नेपालले बहराइनलाई सात विकेटले हराएको थियो। मलेसियाले दिएको १०४ रनको लक्ष्य नेपालले २१.४ ओभरमा चार विकेट गुमाएर पूरा गर्‍यो। नेपालका ओपनर अर्जुन कुमाल ४५ रनमा अविजित रहे। उनले ६८ बलमा चार चौका प्रहार गरे। दीपेन्द्रसिंह ऐरी १२ रनमा नटआउट रहे। उनले ११ बलमा दुई चौका हाने। इशान पाण्डेले २० र रोहित पौडेलले १० रन बनाए। अर्का ओपनर आसिफ शेख शून्य रनमै आउट भए भने देव खनाल दुई रनमा क्याच आउट भए। यसअघि मलेसियाको वांगीस्थित वाइएसडी–युकेएम क्रिकेट ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली ३२.३ ओभरमा १०३ रनमा अलआउट भएको थियो। मलेसियालाई कम स्कोरमा रोक्ने क्रममा करण केसीले चार विकेट लिए। उनले ७.३ ओभरमा दुई मेडन राख्दै २३ रन खर्चिए। ललित राजवंशीले ६ ओभरमा एक मेडनसहित १९ रन खर्चेर दुई विकेट लिए। हेमन्त धामी, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले समान एक/एक विकेट लिए। मलेसियाका कप्तान सयद अजिजले सर्वाधिक ३० रन बनाए। अकिल वाहिदले २४, विरनदीप सिंहले १४ र मुहमद स्हादातले १३ रन बनाए। समूह चरणको तेस्रो खेलमा नेपालले आइतबार साउदी अरेबियासँग प्रतिस्पर्धा गर्नेछ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १ हजार २५२ पुग्यो, ४ हजार २१६ सम्पर्कविहीन

कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज

सम्बन्धित

मलेसियालाई ६ विकेटले हराउँदै नेपाल सेमिफाइनल नजिक

खप्तड फाल्कोन्सले ब्राजिलियन सेटर नेटोलाई अनुबन्ध गर्‍यो

मलेसियाले नेपाललाई दियो १०४ रनको लक्ष्य

आज हुँदै एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको २३औँ संस्करण

मलेसियाविरुद्ध नेपालले पहिला फिल्डिङ गर्ने

नेपालको लक्ष्य- लगातार जित, मलेसियालाई घरेलु मैदानको लाभ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu