ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मलेसियालाई ६ विकेटले हराउँदै नेपाल सेमिफाइनल नजिक


ABC NEWS
१८ भदौ २०८३, बिहिबार   १२ : १५   बजे

 

काठमाडौं । नेपालले एसीसी प्रिमियर कपमा लगातार दोस्रो जित निकाल्दै सेमिफाइनल सम्भावना बलियो बनाएको छ। बिहीबार नेपालले घरेलु टोली मलेसियालाई ६ विकेटले पराजित गरेको हो। मलेसियाले दिएको १०४ रनको लक्ष्य नेपालले २१.४ ओभरमा चार विकेट गुमाएर पूरा गर्‍यो। नेपालका अर्जुन कुमालले अविजित ४५ रन बनाए। उनले ६८ बलमा चार चौका प्रहार गरे। इशान पाण्डेले २०, रोहितकुमार पौडेलले १० तथा दीपेन्द्रसिंह ऐरीले अविजित १२ रन बनाए। अर्जुन र इशानबीच तेस्रो विकेटका लागि ५७ रनको साझेदारी भएको थियो। मलेसियाका वीरनदीप सिंह, प्रशान्त मधुकर, आरिफ उल्लाह र कप्तान सैयद अजिजले एक/एक विकेट लिए। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसिया ३२.३ ओभरमा १०३ रनमा अलआउट भएको थियो। कप्तान सैयद अजिजले ३०, अकिल वाहिदले २४, वीरनदीप सिंहले १४ र मोहम्मद स्याहदत रमीलले १३ रन बनाए। नेपालका करण केसीले चार विकेट लिए। ललितनारायण राजवंशीले दुई तथा हेमन्त धामी, दीपेन्द्रसिंह ऐरी र कप्तान सन्दीप लामिछानेले एक/एक विकेट लिए। जितसँगै दुई खेलबाट चार अंक जोडेको नेपाल समूह ‘ए’को शीर्ष स्थानमा पुगेको छ। पहिलो खेलमा नेपालले बहराइनलाई सात विकेटले पराजित गरेको थियो। नेपालले अब आइतबार साउदी अरेबियासँग खेल्नेछ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज

बीएलसी ग्लोबल होल्डिङ्सद्वारा बाढी प्रभावितका लागि ३ करोड ३६ लाख सहयोग

सम्बन्धित

मलेसियालाई ६ विकेटले हराउँदै नेपाल लगातार दोस्रो जितसँगै शीर्षस्थानमा

खप्तड फाल्कोन्सले ब्राजिलियन सेटर नेटोलाई अनुबन्ध गर्‍यो

मलेसियाले नेपाललाई दियो १०४ रनको लक्ष्य

आज हुँदै एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको २३औँ संस्करण

मलेसियाविरुद्ध नेपालले पहिला फिल्डिङ गर्ने

नेपालको लक्ष्य- लगातार जित, मलेसियालाई घरेलु मैदानको लाभ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu