ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खप्तड फाल्कोन्सले ब्राजिलियन सेटर नेटोलाई अनुबन्ध गर्‍यो


ABC NEWS
१८ भदौ २०८३, बिहिबार   १० : ३५   बजे

 

काठमाडौं । नेपाल भलिबल लिग (एनभीएल)को फ्रेन्चाइज टोली खप्तड फाल्कोन्सले ब्राजिलका अनुभवी सेटर जो मौरिसियो डा सिल्भा नेटोलाई अनुबन्ध गरेको छ । नेटो खप्तड फाल्कोन्समा आबद्ध हुने तेस्रो विदेशी खेलाडी हुन् । उनको अनुबन्धसँगै खप्तडले विदेशी खेलाडीको कोटा पूरा गरेको छ । खप्तडले यसअघि बेनिनका आउटसाइड हिटर बोस्को डेटे र रुसका आउटसाइड हिटर आर्टेम किसेलेभलाई अनुबन्ध गरिसकेको थियो । नेटोसँग ब्राजिल, इजरायल र इस्टोनियाका क्लबबाट व्यावसायिक भलिबल खेलेको अनुभव छ । खप्तडको मुख्य प्रशिक्षक रुपेशकुमार विष्ट छन् भने धिरोजकाजी बस्नेत मार्की खेलाडीका रूपमा छन् । टोलीले अक्सनबाट सरोज बर्देवा, प्रेमप्रसाद गौतम, विवश थापा, इन्द्र विक, पारस बोहरा, नवराज थापामगर र नवराज धामीलाई अनुबन्ध गरेको थियो । ‘ट्यालेन्ट हन्ट’बाट रोहित रामानन्द जोशीलाई टोलीमा छनोट गरिएको छ । एनभीएलको पहिलो संस्करण शुक्रबार, भदौ १९ गतेदेखि काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा सुरु हुँदैछ । खप्तड फाल्कोन्सले शनिबार सगरमाथा स्म्यासर्ससँग खेल्दै प्रतियोगितामा आफ्नो यात्रा सुरु गर्नेछ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढीमा क्षतिग्रस्त जलविद्युत् आयोजनाबारे प्रधानमन्त्री बालेन र कुलमानबीच छलफल

भोटेकोशी बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङमा आज मध्यम वर्षाको सम्भावना

सम्बन्धित

मलेसियाले नेपाललाई दियो १०४ रनको लक्ष्य

आज हुँदै एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको २३औँ संस्करण

मलेसियाविरुद्ध नेपालले पहिला फिल्डिङ गर्ने

नेपालको लक्ष्य- लगातार जित, मलेसियालाई घरेलु मैदानको लाभ

एनभीएल : सर्बियाका स्टेफन ओकोसानोभिक काठमाडौंमा अनुबन्ध

बुढानीलकण्ठमा फुटबल रंगशाला बन्ने, राखेप र नगरपालिकाबीच सम्झौता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu