ABC NEWS NEPAL | No.1 News channel of Nepal
२४ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राजपत्र अनङ्कित कर्मचारीको पनि आन्दोलन घोषणा


एबीसी न्यूज
१० बैशाख २०८२, बुधबार   ४ : ०७   बजे

काठमाडौं १० बैशाख । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिबाट सङ्घीय निजामती सेवा विधेयकमा सहमति जुटाएर पास गर्ने तयारी भइरहेका बेला राजपत्र अनङ्कित कर्मचारीहरूले आन्दोलनको घोषणा गरेका छन् ।

निजामती सेवामा राजपत्र अनङ्कित कर्मचारी संरक्षण अभियानका संयोजक ध्रुवराज ज्ञवालीसहितले आज विज्ञप्ति निकालेर आफूहरूले उठाएका माग पूरा नभए सेवा प्रवाह रोक्ने चेतावनीसहित आन्दोलनको घोषणा गर्नुभएको हो ।

वैशाख १२ गतेदेखि माग पत्र टाँसेर काम गर्ने र राज्य व्यवस्था तथा सुशासन समितिबाट माग सुनुवाइ नभई प्रतिवेदन तयार भएमा सेवा प्रवाह रोक्नेसम्मका आन्दोलन गर्ने विज्ञप्तिमा उल्लेख छ ।

यसैबीच सङ्घीय निजामती सेवा विधेयकमा नेकपा ९माओवादी केन्द्र० ले तीन बुँदे असहमति राखेको छ । राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले ुकुलिङ पिरियडु, अतिरिक्त सचिव र भेटेरेनरीको तहका विषयमा असहमति राख्नुभएको हो ।

अहिले ुकुलिङ पिरियडु एक वर्ष राख्ने गरी विधेयकको प्रतिवेदन तयार भएकोमा पाण्डेले कम्तीमा दुई वर्ष राख्नुपर्ने बताउनुभएको छ । यस्तै अतिरिक्त सचिव राख्ने व्यवस्था राखेकोमा त्यो आवश्यक नरहेको र भेटेरेनरीमा आठौं तह राख्न आवश्यक रहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेसमा बढ्दो विवादबीच पूर्णबहादुर खड्काको ‘सम्पूर्ण एकता’को अपिल

भृकुटीमण्डपमा नाइमा मोबिलिटी एक्स्पोको तयारी तीव्र, ५५ भन्दा बढी ब्रान्ड सहभागी हुँदै

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu