ABC NEWS NEPAL | No.1 News channel of Nepal
२४ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

टेस्लाको नाफा घटेपछि सरकारी भूमिका खुम्च्याउँदै इलोन मस्क


एबीसी न्यूज
१० बैशाख २०८२, बुधबार   ७ : २३   बजे

काठमाडौं १० बैशाख । आफ्नो कम्पनी टेस्लाको नाफा स्वात्तै घटेपछि इलोन मस्कले सरकारमा आफ्नो भूमिका निकै घटाउने बताएका छन्।

‘अर्को महिनादेखि म टेस्लालाई अहिलेभन्दा निकै ज्यादा समय छुट्याउने छु,’ मस्कले भनेका छन्।

डोनाल्ड ट्रम्पले उनलाई सरकारी खर्च कटौतीका लागि डिपार्टमेन्ट अफ गभर्मेन्ट एफिसिएन्सी ९डोज०को प्रमुख बनाएका थिए। यद्यपि, आफूले सरकार पूर्ण रुपमा नछाड्ने उनले जनाएका छन्।

उनको घोषणालगत्तै टेस्लाको सेयर मूल्यमा ८ प्रतिशत वृद्धि भएको छ।

उनी खर्च कटौती गर्ने सल्लाहकार एजेन्सीको प्रमुख बनेपछि सरकार विश्वकै धनी व्यक्तिका सामु सरकार झुकेको आरोप समेत लागेको थियो। मस्कले चुनावी अभियानमा ट्रम्पका लागि करोडौँ डलर लगानी गरेका थिए। सम्भवतः नियामक निकायहरू र प्रमुख मन्त्रालयमा पहुँच हुँदा व्यापारिक फाइदा हुने उनको अड्कल थियो।
तर, ट्रम्पसँगको निकटताका कारण उनले फाइदा मात्र होइन, केही हदसम्म घाटा पनि बेहोर्नुपरेको छ। टेस्लाको ब्रान्ड ट्रम्पको छविसँग छोडिन पुगेको छ भने चीनविरुद्ध ट्रम्पले लगाएको भारी करका कारण टेस्लाको आपूर्ति शृंखलामा गडबडी आएको छ। यो वर्षको पहिलो त्रैमासमा टेस्लाको नाफामा ठूलो गिरावट देखिएको छ।

गतवर्षभन्दा ३९ प्रतिशतले आम्दानी घट्दा खुद नाफामा ७१ प्रतिशतको गिरावट आएको छ। एजेन्सी

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेसमा बढ्दो विवादबीच पूर्णबहादुर खड्काको ‘सम्पूर्ण एकता’को अपिल

भृकुटीमण्डपमा नाइमा मोबिलिटी एक्स्पोको तयारी तीव्र, ५५ भन्दा बढी ब्रान्ड सहभागी हुँदै

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu