ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ड्राईभर र सहयोगीलाई अनिर्वाय कोड अनुसार पोसाक लगाउन निर्देशन


admin

काठमाडौँ, ९ चैत । काठमाडौँ उपत्यकामा सार्वजनिक सवारी चलाउने चालक तथा सहचालकले आजदेखि अनिवार्य रुपमा पोशाक लगाउनुपर्ने भएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको केही दिन अगाडि बसेको बैठकको निर्णयानुसार आजदेखि सबै मार्गका सवारी चालक र सहचालकले पोशाक लगाउनुपर्ने हुन्छ । महाशाखा र महासंघको आयोजनामा आज आरएनएसीबाट काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा चल्ने बस तथा माइक्रोबसका चालक र सहचालकलाई पोशाक लगाएर शुरुआत गरिएको हो ।

महाशाखाका प्रमुख सर्वेन्द्र खनालले चालक र सहचालकलाई पोशाकको व्यवस्थासँगै सडक सभ्यता र अनुशासित रूपमा गाडी चलाउने अभियानको विकास हुने बताउनुभयो । महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले उपत्यकामा चल्ने सबै समितिका बस तथा माइक्रोबसलाई चालक र सहचालकलाई अनिवार्य रुपमा पोशाक लगाउन पत्राचार गरिसकिएको बताउनुभयो । “नियम पालना नगर्ने चालक र सहचालकलाई समितिबाटै कारवाही हुन्छ”, उहाँले भन्नुभयो ।

काठमाडौँ उपत्यकाबाट शुरु भएको पोशाक अभियान देशव्यापी रुपमा लैजाने महासंघका महासचिव पुण्यप्रसाद सरोज सिटौलाले जानकारी दिनुभयो । समितिअनुसार भिन्दाभिन्दै ज्याकेट भएकाले यात्रुलाई समेत यात्रामा सहजता हुने छ । चालकलाई रातो र सहचालकलाई हरियो खालको पातलो ज्याकेटको व्यवस्था गरिएको छ । यही चैत २ गते ललितपुर यातायात व्यवसायी संघबाट शुरु भएको उक्त अभियानअन्तर्गत आज १२ मार्गका चालक र सहचालकलाई पोशाक लगाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

सम्बन्धित

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com