ABC NEWS NEPAL | No.1 News channel of Nepal
२६ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओली सरकारको अधिनायकवादी व्यवहार परास्त गर्न एकता गरेरै छाड्ने सिके राउतको चेतावनी


एबीसी न्यूज
१७ बैशाख २०८२, बुधबार   ४ : ४३   बजे

काठमाडौं १७ वैशाख । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले आदिवासी, जनजाति, दलित, मधेसी, मुस्लिममाथि अन्याय र दमन भइरहेको बताएका छन् ।

बुधवार नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गरेपछि चौधरीलाई भेट्न डिल्लीबजार कारागार पुगेका राउतले सरकारको कदम अलोकतान्त्रिक रहेको बताए ।

‘कार्यक्रमको मुखमै आएर पक्राउ गर्नु त प्रक्रिया नै भएन । दुई चार दिनअघि नै किन जानकारी गरिएन । आज नै पत्र लेखिएको छ, सर्वोच्चबाट । कार्यकर्ताहरू कार्यक्रमका लागि भेला भइसक्नुभएको थियो । यो कस्तो भयो भने हामीले आफ्ना अधिकार माग्नै नहुने, बोल्नै नहुने, पार्टी खोल्नै नहुने, पार्टी एकीकरण गर्नै नहुने, बलियो बन्नै नहुने अलोकतान्त्रिक किसिमको व्यवहार देखियो,’ उनले भने ।

डा। राउतले कार्यक्रमको मुखमै आएर पक्राउ गर्नु अलोकतान्त्रिक भएको बताएका हुन् । उनले अधिकार माग्नै नहुने, बोल्नै नहुने जस्तो व्यवहार सरकारले देखाएको प्रतिक्रिया दिए ।

उहाँले यस्तो व्यवहारर्लाइ परास्त गर्न पनि पार्टी एकता गरेरै छोड्ने बताए । उनले भने, ‘यसलाई परास्त गर्न भनेपनि पार्टी एकीकरण गरेरै छोड्छौँ । हामीमाथि कस्तो खालको दमन भयो, यो जनताले हेरिरहेका छन् । एकीकरणकै दिन घटनास्थलबाटै किन पक्राउ गरियो ? यो धेरै ठूलो प्रश्नवाचक चिन्ह रहनेछ ।’

राउतले थपे, ‘आदिवासी, जनजाति, दलित, मधेसी, मुस्लिममाथि अन्याय र दमन भइरहेको छ ।’

नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच आज पार्टी एकता गर्ने कार्यक्रम थियो । प्रज्ञा भवनमा कार्यक्रम शुरु हुनु पहिला नै संरक्षक चौधरीलाई पक्राउ गरेको हो । पक्राउपछि अहिले चौधरीलाई डिल्लीबजार कारागारमा लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

दक्षिण अफ्रिका :प्रयोगविहीन खानीमा चट्टान खस्दा १४ अनधिकृत मजदुरको मृत्यु, आठ गम्भीर घाइते

हेटौँडा सिमेन्टका कर्मचारी १४ महिनादेखि तलबविहीन, उद्योगमा उत्पादन ठप्प

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu