ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौं उपत्यकामा बिहानैदेखि वर्षा


एबीसी न्यूज
१८ बैशाख २०८२, बिहिबार   ६ : ५४   बजे

काठमाडौं, १८ वैशाख । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । यसका साथै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ ।
महाशाखाका अनुसार अहिले बागमती प्रदेशको काठमाडौं उपत्यकालगायत कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । देशका पहाडी भूभागका थोरै स्थान तथा बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

आज राति देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने छ । देशको पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । आज सूर्योदय बिहान ५ बजेर २४ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ३८ मिनेटमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

सम्बन्धित

रोमाञ्चक बराबरीसँगै जापान र स्विडेन नकआउटमा, अब ब्राजिलसँग जापानको महाभिडन्त

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

रास्वपा महाधिवेशन: सर्वसम्मति नजुटे ६ पदमा चुनावी प्रतिस्पर्धा, उम्मेदवारहरूको लामै सूची

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : १८८ जनाको मृत्यु, १,५०० भन्दा बढी घाइते, हजारौँ अझै भग्नावशेषमुनि फसेको आशंका

विश्वकप २०२६: निकोलस पेपेको दुई गोलसँगै कोट डी आइभोर पहिलोपटक नकआउट चरणमा

इक्वेडरको ऐतिहासिक जित : जर्मनीलाई २–१ ले हराउँदै २० वर्षपछि विश्वकपको नकआउट चरणमा प्रवेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group