ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुनसरीबाट ट्रकसहित ७ सय ८३ किलो गाँजा बरामद


एबीसी न्यूज
१८ बैशाख २०८२, बिहिबार   ९ : १८   बजे

काठमाडौं १८ बैशाख । सशस्त्र प्रहरी बलले सुनसरीबाट ७ सय ८३ किलो गाँजासहित ट्रक र दुई जनालाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल नं।१ बराह बाहिनी मुख्यालय सुनसरी र सुरक्षा वेश धरानको संयुक्त टोलीले गाँजासहितको ट्रक र त्यसका चालक तथा सहचालकलाई पक्राउ गरेको हो ।

धरान उपमहानगरपालिका–१३ निशाने डाँडामा नम्बर प्लेट नभएको ट्रकलाई शङ्का लागि जाँच गर्दा ट्रकमा गाँजा फेला परेको हो । साथै ना ७ ख २८१ लेखिएको नम्बर प्लेट पनि भेटिएको छ ।

२२ वटा पोकामा लुकाइ ल्याउँदै गरेको अवस्थामा चालक सुनसरीको बराहक्षेत्र नगरपालिका–१ बस्ने ३१ वर्षीय मनोज परियार र सहचालक धनकुटाको सिदुवा नगरपालिका–६ बस्ने १८ वर्षीय आकाश राई पक्राउ परेका सशस्त्रका डीएसपी एवम् सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो ।

पक्राउ परेका उनीहरु, बरामद गाँजा र ट्रक आवश्यक कारबाहीको लागि गएराति जिल्ला प्रहरी कार्यालय ईनरुवा सुनसरीमा बुझाइएको छ ।

यसअघि हिजो बिहान पनि सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन बेश धनकुटाले ४ सय २१ किलो गाँजासहितको कार नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

रास्वपा पतन हुनेवाला छ, अबको विकल्प राप्रपा होस् राजेन्द्र लिङ्देन

सम्बन्धित

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

विश्वकप फुटबलमा भोलि बिहान समूह चरणका अन्तिम खेल हुँदै

काठमाडौँमा सामूहिक ‘कुमारी पूजा’ (तस्बिरहरू)

रास्वपा पतन हुनेवाला छ, अबको विकल्प राप्रपा होस् राजेन्द्र लिङ्देन

अरनिको राजमार्ग राति बन्द गरिने

के हामीले ब्रम्हकमल भनेको फूल साँच्चिकै ब्रम्हकमल हो त ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu