ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आईपीएल क्रिकेटमा गुजरातले हैदराबादलाई ३८ रनले हरायोः आज बेङ्गलुरु र चेन्नईको खेल


एबीसी न्यूज
२० बैशाख २०८२, शनिबार   ७ : ४७   बजे

काठमाडौं, २० वैशाख । इन्डियन प्रिमियर लिग ९आईपीएल० क्रिकेटमा गुजरात टाइटन्सले सनराइजर्स हैदराबादलाई ३८ रनले हराएको छ ।

जीतका लागि दुई सय २५ रनको लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ८६ रन बनायो । उसका अभिषेक शर्माले ७४ रन बनाए पनि टोलीको हार टार्न सकेनन् ।

गुजरातका मोहम्मद सिराज र प्रसिद्ध कृष्णाले समान दुई तथा इशान शर्मा र गेराल्ड कोट्जेले समान एक विकेट लिए ।

त्यसअघि अहमदावादमा टस हारेर पहिला ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर दुई सय २४ रन बनाएको थियो ।

उसका कप्तान शुभमन गिलले सर्वाधिक ७६ रन बनाए । त्यस्तै जोश बट्लर ६४ र साई सुदर्शन ४८ रनमा आउट भए । हैदराबादका जयदेव उनादकटले तीन विकेट लिए ।

यो जीतसँगै गुजरातको १० खेलमा १४ अङ्क भएको छ । गुजरात तालिकाको दोस्रो स्थानमा छ । हैदराबाद समान १० खेलमा ६ अङ्कसहित नवौं स्थानमा छ ।

आईपीएल क्रिकेटमा आज रोयल च्यालेन्जर्स बेङ्गलुरु ९आरसीबी० र चेन्नई सुपर किङ्ग्स खेल्दैछन् । खेल बेङ्गलुरुमा नेपाली समय अनुसार बेलुका पौने ८ बजे शुरू हुनेछ ।

बेङ्गलुरु १० खेलमा १४ अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ । समान १० खेलमा चेन्नईको ४ अङ्क छ । तालिकाको पुछारमा रहेको चेन्नई यसअघि नै प्लेअफ होडबाट बाहिरीसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

क्वार्टरफाइनलमा को–को पुग्लान्? एआई, सुपरकम्प्युटर र फुटबल विश्लेषकका आधारमा सम्भावित अन्तिम–८ को चित्र

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

अमेरिकाविरुद्ध टर्कीको पुनरागमन, ओर्कुन कोकुको गोलमा २–१ को अग्रता

अमेरिका–टर्की खेलको रोमाञ्चक सुरुवात, पहिलो १० मिनेटमै १–१ को बराबरी

रोमाञ्चक बराबरीसँगै जापान र स्विडेन नकआउटमा, अब ब्राजिलसँग जापानको महाभिडन्त

विश्वकप २०२६: निकोलस पेपेको दुई गोलसँगै कोट डी आइभोर पहिलोपटक नकआउट चरणमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu