ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छु : अध्यक्ष प्रचण्ड


एबीसी न्यूज
२० बैशाख २०८२, शनिबार   ४ : २४   बजे

काठमाडौं, २० वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादको आधार तयार पारेर मात्रै यो दुनियाँबाट बिदा हुने संकल्प आफूले लिएको बताएका छन् ।
दक्षिणकाली नगर समितिको चौथो नगर सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।

पछिल्लो पटक पार्टीले आयोजना गरेको तराई–मधेश जागरण अभियानबाट आफूलाई अझै उत्साह थपिएको बताउँदै संगठन निर्माणका लागि पार्टी पंक्तिलाई निर्देशन दिए ।

‘सुशासन सामाजिक न्याय र आर्थिक न्याका लागि एकपटक सबैले दृढ संकल्पका साथ संगठन निर्माण, विस्तारको आवश्यकता छ,’ पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले भने, ‘जसरी म अहिले ७१ वर्ष भए पनि नयाँ क्रान्तिको नेतृत्व गर्ने र समाजवादको आधार तयार पारेर मात्रै यो दुनियाँबाट जाने संकल्पमा छु । तपाईंहरूले पनि यो आँट गर्नुभयो भने यो देशको राजनीतिक रंगमञ्च बदल्न सक्नुहुनेछ ।’
साथै, उनले आफूहरूको अपेक्षाभन्दा धेरै उपलब्धि अभियानबाट प्राप्त भएको दाबी गरे । प्रचण्डका अनुसार, करोड भन्दा बढी जनतासँग यो अभियानका क्रममा संवाद पार्टीका नेताहरूले गरेका छन् ।

‘हामीले पार्टी केन्द्रको बैठकमा समीक्षा गर्‍यौं र अभियान चलायौं । झण्डै दुई महिना लाग्यो हामीलाई तराइ मधेश जागरण अभियान सक्नका लागि । हाम्रो अपेक्षाभन्दा धेरै भयो,’ प्रचण्डले भने, ‘हजारौं होइन, लाखौं होइन झण्डै एक करोड जनतासँग संवाद गर्दै गयौं । कञ्चनपुरसम्म पुग्दा यो अभियान माओवादी केन्द्रको मात्रै नभइ राष्ट्रिय अभियान बन्न पुग्यो ।’

भ्रष्टाचार विरोधी अभियानका विषयमा आफू सरकारमा हुँदा नेपालको इतिहासमै नभएको रेकर्ड ब्रेक हुनेगरी आफूले काम गरेको प्रचण्डको जिकिर थियो ।

त्यस्तै, अन्तर्राष्ट्रिय सम्बन्ध सुधारका विषयमा पनि आफू नेतृत्वको सरकारले महत्त्वपूर्ण काम गरेको प्रचण्डको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

सम्बन्धित

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

रास्वपा महाधिवेशनको दोस्रो चरण आज : उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि निर्वाचन हुँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group