ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतीय आक्रमणको जवाफ दिन पाकिस्तानी सेनालाई अनुमति


एबीसी न्यूज
२४ बैशाख २०८२, बुधबार   ५ : ३९   बजे

काठमाडौं, २४ बैशाख । भारतले पाकिस्तान र कश्मीरमा आक्रमण गरेपछि पाकिस्तानले प्रतिकार गर्न मन्जुरी दिएको छ ।
भारतले गरेको हवाई हमलापछि पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफको कार्यालयले देशको सशस्त्र बललाई प्रतिकारात्मक कारबाही गर्न अधिकार प्रदान गरेको रोयटर्सलाई उद्धृत गर्दै द गार्जियन न्युजले जनाएको छ ।भारतले गएराति पाकिस्तानी कश्मीर र अन्य क्षेत्रमा आक्रमण गरेको थियो । यसलाई परमाणु शक्तिसम्पन्न दुई देशबीच दशकौँदेखि चल्दै आएको तनावअन्तर्गत सबैभन्दा ठूलो सैन्य टकराव भएको बताइएको छ ।

भारतले गरेको आक्रमणका क्रममा पाकिस्तानले पाँच भारतीय जहाज झारेको दाबी गरेको छ । भारतीय रक्षा मन्त्रालयका अधिकारीले भने यो दाबी पुष्टि गरेका छैनन् ।भारतले आतंकवादीको संरचना भएका नौ स्थानमा प्रहार गरेको दाबी गरेको छ । नयाँदिल्लीमा आयोजित पत्रकार सम्मेलनमा भारतीय सैन्य प्रवक्ताले यसलाई मुस्लिम आतंकवादी समूह जैश–ए–मोहम्मद र लश्कर–ए–तोइबाविरुद्धको कारबाही भनेका छन् । पाकिस्तानी सेनाका प्रवक्ताले कम्तीमा २६ नागरिकको मृत्यु र ४६ घाइते भएको बताएका छन् । भारतको आक्रमणपछि पाकिस्तानले गरेको प्रतिकारमा कम्तीमा सात नागरिकको मृत्यु र ३० घाइते भएको बताइएको छ ।

कश्मीरमा आतंकवादीहरूले २६ पर्यटकलाई मारेको घटनाको केही हप्तापछि भारतको यो आक्रमण भएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा पतन हुनेवाला छ, अबको विकल्प राप्रपा होस् राजेन्द्र लिङ्देन

के हामीले ब्रम्हकमल भनेको फूल साँच्चिकै ब्रम्हकमल हो त ?

सम्बन्धित

काठमाडौँमा सामूहिक ‘कुमारी पूजा’ (तस्बिरहरू)

रास्वपा पतन हुनेवाला छ, अबको विकल्प राप्रपा होस् राजेन्द्र लिङ्देन

अरनिको राजमार्ग राति बन्द गरिने

के हामीले ब्रम्हकमल भनेको फूल साँच्चिकै ब्रम्हकमल हो त ?

विश्वकप २०२६ : फ्रान्सको प्रभावशाली जित, स्पेन समूह विजेता, बेल्जियम शीर्ष स्थानमा, इजिप्ट अन्तिम ३२ मा

अन्तिम क्षणमा भिडियो सहायक रेफ्रीले तोड्यो इरानको सपना, इजिप्ट बराबरीसँगै अन्तिम ३२ मा, बेल्जियम समूह विजेता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu