ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारत–पाकिस्तान तनाव : नेपाल अझै बोलेन


एबीसी न्यूज
२५ बैशाख २०८२, बिहिबार   ७ : ०७   बजे

काठमाडौं, २५ वैशाख। भारतले पाकिस्तानी भूमिमा आक्रमण गरेपछि बढिरहेको तनावमा विश्व समुदायले प्रतिक्रिया दिइरहे पनि खुला सीमा भएको नेपालले अझै आधिकारिक धारणा सार्वजनिक भएको छैन ।

हिजो गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा राष्ट्रिय सुरक्षा समिति र प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसे पनि आधिकारिक धारणा भने अझै सार्वजनिक नभएको हो ।

राष्ट्रिय सुरक्षा समितिले सीमा क्षेत्र र विमानस्थलहरूमा सुरक्षा सतर्कता अपनाउने निर्णय गरेको छ । राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा भारत–पाकिस्तानबीच भएको घटनाक्रमबाट नेपालमा पर्नसक्ने विविध सुरक्षा चुनौती तथा असरहरूको सम्बन्धमा समीक्षा गरेको रक्षा मन्त्रालयका सचिव एवम् परिषद्का सदस्य–सचिव रामेश्वर दङ्गालले जानकारी दिनुभएको छ । तर आक्रमणबारे नेपालले मुख नखोलेको हो ।

नेपाल सार्कको अध्यक्ष राष्ट्रसमेत भए पनि सार्कका दुई सदस्यबीचको तनावमा बोलेको छैन । भारतले पाकिस्तानमा आक्रमण गरेको विषयमा दलहरूबीच मत बाझिएको छ ।

नेपाली कांग्रेसले भारतको समर्थन गर्नुपर्ने कुरा गरेको छ । आज प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेस सांसद रामहरि खतिवडाले भारतले अहिले आतङ्कवादविरुद्ध लडाइँ लडिरहेको भन्दै आतङ्कवादविरुद्धको लडाइँमा नेपालले साथ दिनुपर्ने बताउनुभयो । यस्तै कांग्रेस प्रवक्ता प्रकाशशरण महतले पनि कूटनीतिक भाषामा मात्र नभई भारतको कमदप्रति समर्थन झल्कने गरी सरकारी धारणा आउनुपर्ने बताउनुहुन्छ ।

तर सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेले भने भारतको समर्थन नगरी युद्ध नचर्काउन दुवै पक्षलाई अनुरोध गर्नुपर्ने बताएको छ । एमालेको परराष्ट्र मामिला विभागका प्रमुखसमेत रहेका पूर्वपरराष्ट्रमन्त्री रघुवीर महासेठले बीबीसीसँग कुरा गर्दै पाकिस्तानमाथि आक्रमण गर्ने भारतीय कदमको समर्थन गर्न नसकिने बताउनुभयो ।

यस्तै संसद्को तेस्रो ठूलो दल नेकपा माओवादीभित्र भने मत बाझिएको छ । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले सामाजिक सञ्जालमा लेख्दै पहलगामको आक्रमण कसले गरेको हो भन्ने निश्चित नभई पाकिस्तानमाथि आक्रमण गर्नु न्यायोचित नहुने बताउनुभएको छ । यस्तै सामाजिक सञ्जालमै लेख्दै उपमहासचिव जनार्दन शर्माले भने आतङ्कवादविरुद्ध लड्नु हरेक राष्ट्रको कर्तव्य हो भन्दै भारतले गरेको आक्रमणको समर्थन गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group