ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माओवादी जनजागरण अभियानमा मर्निङवाक क्रेजः प्रचण्ड-पासाङबीच सेना संवाद


abc tv
३ जेष्ठ २०८२, शनिबार   ७ : ४२   बजे

डण्ड गुरुङ/दिपायल ३ जेठ। नेकपा माओवादी केन्द्रको मध्यपहाडी लोकमार्ग जनजागरण अभियानको आज तेस्रो दिन । शुक्रबार साँझ दिपायल आइपुगेका अध्यक्ष प्रचण्डसहितका नेताहरु सदाझै शनिवार बिहानै मर्निङ वाकमा निस्किए ।

माओवादी जनजागरण अभियानमा देखिएका मर्निङ वाक आकर्षण छुट्टै छन् । जनता नजिक पुग्ने अभियानअन्तर्गत नै बिहानी हिडाई रहेको नेताहरु बताउँछन् ।

शनिवारको मर्निङ वाकका केही रोचक प्रसंगले झनै रौनकता थपिएको थियो ।

प्रचण्ड दिपायलस्थित एकजना कार्यकर्ताको घरमा बास बसेका थिए । अन्य नेताहरु कोही कार्यकर्ता त कोही होटलमा बास बसे ।

प्रचण्ड दिपायल बजारबाट अघि बढ्दै जाँदा उपाध्यक्ष तथा पूर्वउपराष्टपति नन्दबहादुर पुन पासाङ भने सेती पुलमा पुगिसकेका थिए । केही कार्यकर्ता र अंगरक्षकसहित पुलमा प्रचण्ड आउने बाटो कुर्दै थिए । उनी भन्दै थिए, ‘सिएम आउनुहुन्छ अनि अघि बढौला ।’

डोटी सदरमुकाम दिपायलमा प्रचण्डको मर्निंग वाक

प्रचण्डसहित नेताहरुको टोली पुल पुग्दा पासाङ अघिअघि नै बढे । वाइसिएलका टीमसहित पासाङ दौडिए । टोली डोटी विमानस्थलसम्म पुग्यो । फर्कँदा पनि पासाङ प्रचण्डकै अघिअघि नै दौडिए ।

https://www.facebook.com/share/v/16JpVgfZQN

दिपायल बजार आइपुगेपछि बल्ल प्रचण्ड र पासाङको भेट भयो । पासाङलाई प्रचण्डले भने, ‘तपाई त आर्मी कमाण्डर जत्तिकै कमाण्ड गरेर दौडिनुभा’छ । मुसुक्क मुस्कुराउँदै पासाङले भने, ‘आवश्यक परे फेरि पनि कमाण्ड गर्न तयार छु ।’

प्रचण्ड र पासाङबीचको यो संवाद रोचक बन्यो । पासाङ आफ्नो बासस्थानतिर लागे ।

आमजनसमुदायमा पुग्ने उद्देश्यका साथ जनजागरण अभियान अघि बढाइरहेका माओवादीले मर्निङवाकलाई पनि जनतासमक्ष पुग्ने माध्यमका रुपमा लिएका छन् ।

आफ्ना अध्यक्षसँगै हिड्न पाउँदा नेता, युवा, विद्यार्थीहरुमा पनि खुशियाली देखिन्थ्यो । सर्वसाधारण पनि प्रचण्ड हिडेरै आफ्ना घरआँगनमा आएको देख्दा छक्क परेर अभिवादन गरिरहेका देखिन्थे ।

विगतका अभियानभन्दा यसपटक फेरिएको प्रचण्ड शैली केही हदसम्म जनमुखी देखिएका छन् । विगतमा आकर्षक होटलहरुमा बसोबास रहने माओवादी नेताहरु यसपटकको अभियानमा कार्यकर्ता घरमा बास बस्ने गरेको देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

सम्बन्धित

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group