ABC NEWS NEPAL | No.1 News channel of Nepal
२७ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाँच वर्षमा ५६ हजारभन्दा बढी सरकारी कर्मचारी तथा पदाधिकारी विदेश भ्रमणमा


ABC NEWS
२७ श्रावण २०८३, बुधबार   ११ : १५   बजे

काठमाडौं । पछिल्लो पाँच वर्षमा ५६ हजार २६९ जना सार्वजनिक पदाधिकारी तथा सरकारी कर्मचारीले विदेश भ्रमण गरेका छन्। यस तथ्याङ्कमा संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा खटिने नेपाली सेना र प्रहरी भने समावेश छैनन्।

शान्ति मिसनमा सहभागी सुरक्षाकर्मीसमेत जोड्दा पाँच वर्षमा विदेश जाने सार्वजनिक पदाधिकारी, सरकारी कर्मचारी तथा सुरक्षाकर्मीको संख्या ८६ हजार ७८७ पुगेको छ।

अध्यागमन विभागका अनुसार सरकारी कर्मचारी तथा सार्वजनिक पदाधिकारीको विदेश भ्रमणलाई ‘अफिसियल भिजिट’ शीर्षकमा अभिलेख राख्ने गरिएको छ। विभागका निर्देशक तथा प्रवक्ता टीकाराम ढकालले पछिल्लो पाँच वर्षमा यस्तो शीर्षकमा विदेश जानेको संख्या ५६ हजार नाघेको जानकारी दिनुभयो।

२०२१ को तुलनामा चार गुणा वृद्धि

अध्यागमन विभागको तथ्याङ्कअनुसार सन् २०२१ मा ३ हजार ७८७ जना सार्वजनिक पदाधिकारी तथा सरकारी कर्मचारी विदेश गएका थिए। यो संख्या सन् २०२५ मा बढेर १३ हजार ५५७ पुगेको छ।

वर्ष विदेश भ्रमण गर्ने संख्या
२०२१ ३,७८७
२०२२ ९,५२८
२०२३ १६,१०५
२०२४ १३,२९२
२०२५ १३,५५७
जम्मा ५६,२६९

यस अवधिमा सबैभन्दा धेरै सन् २०२३ मा १६ हजार १०५ जना विदेश भ्रमणमा गएका थिए। पाँच वर्षमा औसत वार्षिक ११ हजार २५४ जना सरकारी कर्मचारी तथा सार्वजनिक पदाधिकारी विदेश गएको देखिन्छ।

शान्ति मिसनमा ३० हजारभन्दा बढी सुरक्षाकर्मी

संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा सहभागी नेपाली सेना तथा प्रहरीलाई ‘अफिसियल भिजिट’को तथ्याङ्कमा समावेश नगरिने विभागले जनाएको छ।

पाँच वर्षमा ३० हजार ५१८ जना सुरक्षाकर्मी शान्ति मिसनमा सहभागी हुन विदेश गएका छन्।

यसरी अफिसियल भिजिट र शान्ति मिसन दुवै जोड्दा पाँच वर्षमा विदेश जाने सरकारी प्रतिनिधिको संख्या ८६ हजार ७८७ पुगेको हो।

पाँच दर्जनभन्दा बढी देशमा भ्रमण

सरकारी कर्मचारी तथा सार्वजनिक पदाधिकारीहरू चीन, जापान, भारत, थाइल्याण्ड, सिंगापुर, अष्ट्रेलिया, अमेरिका, बंगलादेश, दक्षिण कोरिया, मलेसिया, फ्रान्स, बेलायत, क्यानडा, यूएई, कतारलगायत पाँच दर्जनभन्दा बढी देश पुगेका छन्।

अधिकांश भ्रमण सभा, सम्मेलन, गोष्ठी, कार्यशाला, तालिम तथा अध्ययनका लागि हुने गरेको विभागको तथ्याङ्कले देखाउँछ।

विदेश भ्रमण रोक्ने निर्णय प्रभावहीन

सरकारी कर्मचारीको अनावश्यक विदेश भ्रमण बढेको भन्दै सरकारले यसअघि पटक–पटक भ्रमण नियन्त्रण गर्ने निर्णय गरेको थियो। २०७९ फागुन ३० गते बसेको मन्त्रिपरिषद् बैठकले अति आवश्यक अवस्थाबाहेक सरकारी कर्मचारीलाई विदेश भ्रमणमा नपठाउने निर्णयसमेत गरेको थियो।

तर, पछिल्ला वर्षको तथ्याङ्कले त्यस्ता निर्णयका बाबजुद सरकारी कर्मचारीको विदेश भ्रमणमा अपेक्षित कमी नआएको देखाउँछ।

दैनिक भत्तासमेत आकर्षणको कारण

सरकारी कर्मचारीको विदेश भ्रमणमा सरकारले दैनिक भत्तासमेत उपलब्ध गराउने गरेको छ। भ्रमण खर्च नियमावली, २०६४ अनुसार तहअनुसार दैनिक ९० देखि २५० अमेरिकी डलरसम्म भत्ता पाउने व्यवस्था छ।

युरोपेली मुलुक, अमेरिका, क्यानडा, जापान, दक्षिण कोरिया, सिंगापुर, कतार, यूएईलगायत केही देशमा निर्धारित दरमा थप ३३ प्रतिशत रकमसमेत उपलब्ध गराउने व्यवस्था छ।

सरकारले चालु आर्थिक वर्ष २०८३/८४ मा अनुगमन, मूल्यांकन तथा भ्रमण शीर्षकमा ३ अर्ब ३० करोड ६१ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। यो रकममध्ये केही सरकारी कर्मचारी तथा सार्वजनिक पदाधिकारीको विदेश भ्रमणमा खर्च हुने अर्थ मन्त्रालयले जनाएको छ।

भ्रमण बजेटमा उतारचढाव

सरकारले पछिल्ला वर्षमा अनुगमन, मूल्यांकन तथा भ्रमण शीर्षकमा विनियोजन गरेको बजेट पनि ठूलो छ।

  • आर्थिक वर्ष २०७८/७९ : ३ अर्ब ३४ करोड २९ लाख
  • २०७९/८० : ३ अर्ब १६ करोड ८६ लाख
  • २०८०/८१ : २ अर्ब ९२ करोड ४३ लाख
  • २०८१/८२ : ३ अर्ब ३८ करोड २ लाख
  • २०८२/८३ : ३ अर्ब ४६ करोड ७५ लाख
  • २०८३/८४ : ३ अर्ब ३० करोड ६१ लाख

सरकारी कर्मचारी तथा पदाधिकारीको विदेश भ्रमण बढ्दै जाँदा भ्रमणको औचित्य, उपलब्धि र त्यसबाट मुलुकले प्राप्त गर्ने प्रतिफलबारे प्रश्नसमेत उठ्दै आएको छ। सरकारले अनावश्यक भ्रमण नियन्त्रण गर्दै विदेश भ्रमणबाट प्राप्त ज्ञान, सीप र अनुभवलाई स्वदेशमा उपयोग गर्ने प्रभावकारी संयन्त्र बनाउनुपर्ने देखिन्छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनको कूटनीतिक भेटघाट ‘स्टन्ट’ मात्र : कांग्रेस प्रवक्ता चालिसे

सुनको भाउमा सामान्य करेक्सन, तोलामा १,२०० रुपैयाँ घट्यो

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Zambia Votes Amid Economic Concerns as Reforms Face Public Test

बालेनको कूटनीतिक भेटघाट ‘स्टन्ट’ मात्र : कांग्रेस प्रवक्ता चालिसे

West Bank Violence Escalates as UN Warns of ‘Breaking Point’

सुनको भाउमा सामान्य करेक्सन, तोलामा १,२०० रुपैयाँ घट्यो

कालीमाटीमा केही तरकारीको भाउ घट्यो, च्याउ र साग महँगियो

सल्यानका किसानलाई वर्षाले राहत, ९० प्रतिशत धान रोपाइँ सम्पन्न

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu