ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कर्णाली प्रदेशमा मंगलबारदेखि फेसबुक चलाउन प्रतिबन्द


admin
११ चैत्र २०७४, आइतबार   ६ : १६   बजे

काठमाडौं, ११ चैत । कर्णली प्रदेशमा मंगलबारदेखि सरकारी कार्यालयमा फेसबुक चलाउन प्रतिबन्द लाग्ने भएको छ ।

अफिसको काममाभन्दा फेसबुकमा कर्मचारी व्यस्त हुन थालेपछि प्रदेश सरकारले फेसबुकमा प्रतिबन्ध लगाउन लागेको हो।

यसका लागि सरकारले गृहकार्य सुरू गरेको छ।

पहिलो चरणमा प्रदेश सरकारका सबै मन्त्रालयमा मंगलबारदेखि फेसबुक चलाउन पाइने छैन। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विस्तारै प्रदेशभरिका सरकारी कार्यालयमा कार्यान्वयन गरिने जानकारी दिए।

उनले क्षेत्रीय तथा जिल्ला कार्यालयहरू प्रदेश सरकार मातहत नआएकाले तत्कालका लागि मन्त्रालयहरूमा मात्रै कार्यालय समयमा फेसबुक नचल्ने बनाइने बताए।

‘कर्मचारीले फेसबुक चलाउने समय जनता र प्रदेशको समृद्धि र विकासका लागि काम गरुन् भन्ने हो’ उनले भने, ‘यो आवश्यक पनि छ।’ आइतबार इन्टरनेट सेवा प्रदायक संस्थाहरूसँग मुख्यमन्त्री शाहीले फेसबुकमा प्रतिबन्ध लगाउने विषयमा छलफल गरेका छन्।

सुर्खेतसहित प्रदेशका बाँकी जिल्लामा सरकारी स्वामित्वको नेपाल टेलिकमसहित वल्र्ड लिङ्क, सुविसु, टेक माइण्ड्स र सुर्खेत केवल नेटले इन्टरनेट सेवा प्रदान गर्दै आइरहेका छन्।

कार्यालय समयभित्र फेसबुक बन्द गर्ने कार्यमा सहयोग गरिने वल्र्डलिङ्कका सुर्खेत प्रमुख नवराज पंगालीले बताए। उनका अनुसार प्रदेश सरकारले सोमबार औपचारिक रूपमा फेसबुक नचल्ने बनाउनका लागि पत्र पठाउने छ। पत्रका आधारमा मंगलबारदेखि प्रदेश मन्त्रालयहरूमा बिहान १० बजेदेखि बेलुका पाँच बजेसम्म फेसबुक नचल्ने बनाइने पंगालीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group