ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एक हप्तामा गभर्नरको नियुक्ति : सञ्चारमन्त्री गुरुङ


abc news
४ जेष्ठ २०८२, आइतबार   ४ : १७   बजे

काठमाडौ ४ जेठ । नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले ढिलोमा एक हप्ता भित्रमा राष्ट्र बैँकको गभर्नर नियुक्त गर्ने बताउनुभएको छ ।

आइतबार लमजुङ सदरमुकाम बेँसीसहरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री गुरुङले नेपाल राष्ट्र बैँकको गभर्नर नियुक्तिका लागि बनाइएको सिफारिस समितिले सिफारिस गरेकै दिन सरकारले निर्णय गर्ने बताउनुभयो ।

“समितिका सदस्य डा। विश्व पौडेलले राजीनामा दिएपछि अर्थविद् डा। पोषराज पाण्डेलाई सदस्यमा नियुक्त गरिएको छ” सञ्चारमन्त्री गुरुङले भन्नुभयो, “सिफारिस समितिले प्रस्ताव गर्नासाथ सरकारले निर्णय गरिहाल्छ ।”

मन्त्री गुरुङले वर्तमान सरकार लामो समय जाने निश्चित भएपछि विपक्षीहरू अत्तालिएको बताउनुभयो । उहाँले सत्ता गठबन्धनमा कुनै प्रकारको असमझदारी नरहेको समेत प्रष्ट पार्नुभयो । “सरकार साढे तीन वर्ष ढुक्कले जाने भएपछि विपक्षीहरू आत्तिएका छन् । हुने नहुने बोलेका छन्” उहाँले भन्नुभयो, “अहिले हामी बोल्न पनि हुन्न । एकदम ग्रान्डडिजाइन छ । यहाँ हतास मानसिकताले काम गरिरहेको छ ।”

यसअघि नेकपा ९एमाले० लमजुङको नवौं जिल्ला अधिवेशन प्रतिनिधि परिषदको प्रथम बैठकलाई सम्बोधन गर्नुहुँदै मन्त्री गुरुङले सरकारलाई स्थायित्व र सवल बनाउन पार्टी बलियो बन्नुपर्ने धारणा राख्नुभयो । “सरकारलाई बलियो बनाउने कुरा, सवल बनाउने कुरा पार्टीको महत्त्वपूर्ण भूमिका हुन्छ” मन्त्री गुरुङले भन्नुभयो, “सरकारले राम्रो गर्न सक्यो भने पार्टी विस्तारलाई फाइदा हुन्छ, पार्टी बलियो भयो भने सरकारको स्थायित्व हुन्छ ।”

नेकपा ९एमाले० का उपमहासचिव समेत रहनुभएका मन्त्री गुरुङले समाजवादको आधार तयार पार्न नेकपा ९एमाले० ले स्थानीय तह, प्रदेश र सङ्घमा बहुमत सहितको सरकार बनाउनुपर्ने बताउनुभयो । उहाँले सोभियत सङ्घमा कम्युनिष्ट पार्टीको सरकार ढलिरहेका बेला नेपालमा जननेता मदन भण्डारीको विचार र सिद्धान्तले कम्युनिष्ट पार्टीलाई माथि उठाएको बताउनुभयो ।

पञ्चायत शासन ढाल्न जेलमा हुँदा पनि २०४३ सालमा जनपक्षीय उम्मेद्वारका रूपमा निर्वाचन लडेको उहाँले बताउनुभयो । पञ्चायतको भण्डाफोर गर्दै बहुदलको मुद्दा उठाउन जनपक्षीय उम्मेदवार उठाएर नै देशमा राजनीतिक परिवर्तन सम्भव भएको उहाँले बताउनुभयो । हिजोको यो नीतिले नै पार्टी विस्तारमा सहयोग पुगेको र हिजो जनपक्षीय उम्मेदवार बनेर निर्वाचित भएकाहरू आज पनि जनतामाझ लोकप्रिय भएर चुनाव जितिरहेको उहाँले बताउनुभयो ।

२०४३ सालमा जनपक्षीय उम्मेदवार हुनुभएका मन्त्री गुरुङलाई आइतबार वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, जिल्ला अध्यक्ष राजकुमार विष्ट लगायतले खादा र सम्मानपत्रद्वारा सम्मान गर्नुभएको थियो । २०४३ यता उहाँ लगातार लमजुङबाट निर्वाचनमा सहभागी हुँदै आउनुभएको छ ।

आठ पटक निर्वाचन लड्नुभएका गुरुङले २०६४ मा संविधानसभा सदस्यमा निर्वाचित हुनुभयो भने २०७४ मा प्रदेश ९ख० बाट निर्वाचित हुँदै गण्डकी प्रदेशको मुख्यमन्त्री बन्नुभयो । २०७९ मा सङ्घीय सांसदमा निर्वाचित उहाँ सञ्चार तथा सूचना प्रविधिमन्त्री हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

रास्वपा पतन हुनेवाला छ, अबको विकल्प राप्रपा होस् राजेन्द्र लिङ्देन

सम्बन्धित

मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको प्रतिवेदन

महँगोमा मल खरिदको सम्झौता, कृषि सामग्री कम्पनीभित्रै उठ्यो प्रश्न

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

विश्वकप फुटबलमा भोलि बिहान समूह चरणका अन्तिम खेल हुँदै

काठमाडौँमा सामूहिक ‘कुमारी पूजा’ (तस्बिरहरू)

रास्वपा पतन हुनेवाला छ, अबको विकल्प राप्रपा होस् राजेन्द्र लिङ्देन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu