ABC NEWS NEPAL | No.1 News channel of Nepal
२५ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संगठन सुदृढीकरण र समाजवादी अर्थतन्त्र निर्माणमा जुट्न अध्यक्ष प्रचण्डको आग्रह


abc news
४ जेष्ठ २०८२, आइतबार   ८ : ५२   बजे

काठमाडौ ४ जेठ । अध्यक्ष प्रचण्डले सहिद तथा बेपत्ता परिवारको अपनत्व राज्यले नै लिने गरी शान्तिप्रकृया टुंग्याउनुपर्ने उल्लेख गर्दै सत्य निरूपण तथा बेपत्ता व्यक्तिहरू सम्बन्धी विधेयक दुवै सदनबाट पारित भई आयोग गठन भइसकेको जानकारी दिनुभयो। उहाँले सो आयोगले कामलाई पूर्णता दिएपछि पीडित परिवारलाई राज्यबाट प्रमाणपत्र वितरण, सार्वजनिक सेवामा समावेशीकरण र परिपूर्ति सुनिश्चित गर्ने प्रक्रियामा अघि बढ्ने बताउनुभयो।

दैलेखमा संगठन विस्तार, जनतामा राजनीतिक प्रभाव राम्रो रहेको उहाँले बताउनुभयो ।अब दैलेखमा निर्वाचन जित्ने सम्भावना प्रबल रहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भित्री गुटबन्दी र आन्तरिक अन्तरविरोध हल गरेर अघि बढ्न निर्देशन दिनुभयो । ूयस अघिको निर्वाचनमा ६० जति पालिकामा जित सुनिश्चित हुने अवस्थामा समेत गुटबन्दीका कारण हामी पछि पर्यौं,” उहाँले भन्नुभयो।

उहाँले पार्टीभित्र स्वस्थ बहस र छलफलको संस्कृति विकास गर्नुपर्ने आवश्यकता औंल्याउँदै “स्वार्थ समूहको प्रभावमा पार्टीलाई अधोगतितर्फ लैजान नदिई संगठनलाई लेनिनवादी सिद्धान्तअनुसार अगाडि बढाउनुपर्ने” धारणा व्यक्त गर्नुभयो।

अध्यक्ष प्रचण्डले पार्टीभित्र सबैका मतप्रति सम्मानसहित पार्टी भित्र एकमत कायम गर्दै एकताकालागि आफूहरू लगातार प्रयत्नशील रहेको र पार्टीले समग्र रूपमा देशको नेतृत्व गर्न सक्षम संगठन निर्माणमा ध्यान केन्द्रित गरिरहेको जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

देवानगञ्ज घटनाका मृतक रवीन्द्र मेहतालाई सहिद घोषणा गर्ने प्रक्रिया अघि बढाइने

रास्वपा विवादमा गोकुल बास्कोटाको व्यंग्य : ‘सत्ताको जेट सधैँ टर्बुलेन्समा किन पर्छ, रविजी?’

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu