ABC NEWS NEPAL | No.1 News channel of Nepal
२५ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तिलगाउँमा हिमताल फुटेकोबारे हुम्लाका सांसदले भने– ५ पुल बगायो


abc news
५ जेष्ठ २०८२, सोमबार   ११ : ४७   बजे

काठमाडौ ५ जेठ । हुम्लाका सांसद छिरिङ डम्डुल लामा भोटेले गत जेठ १ गते जिल्लाको तिलगाउँमा हिमताल फुट्दा व्यापक क्षति भएको जानकारी संसद्लाई गराएका छन्।

सोमबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उनले ताल फुटेर ५ वटा काठे पुल र सिँचाइ प्रणालीमा क्षति पुर्‍याएको बताए।

‘हिमालपारीको जिल्ला भनेर चिनिने हुम्लाको तिला गाउँमा यही जेठ १ गते हिमताल फुटेर गाउँ पुरै तहसनहस बनाएको छ,’ लामाले भने, ‘करिब ४ हजार ७ मिटर उचाइँको ताल फुटेर त्यहाँको जनधनको क्षति पुगेको छ।’

उनले थपे, ‘काठको पुल ५ वटा बगाएको छ। चार, पाँच सय रोपनीमा लाग्ने सिँचाइ कुलो क्षति पुगेको छ। १५ किलोवाटको विद्युत पनि क्षति पारेको छ। १८ घरपरिवारको ३२ जना हाल नजिककै त्रिपाल लगाएर बसेको छन्। २१ जना महिना, ९ जना पुरुष र २ जना बालक छन्। उनीहरु निकै अप्ठ्यारो र त्रसित अवस्थामा बसेका छन्।’

उनले विपाद् रोकथामका लागि पहल गर्न समेत सरकारको ध्यानाकर्षण गराए। लामाले भने, ‘यो विपद्को घडीमा तत्काल रोकथाम गर्नका लागि निरीक्षण, संरक्षण र राहतका लागि तत्काल पहल गर्न आग्रह गर्दछु।’

लामाले सिंगो हिमाली क्षेत्रको हिमतालहरू खतरानकअवस्थामा पुगेको समेत जानकारी गराए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

देवानगञ्ज घटनाका मृतक रवीन्द्र मेहतालाई सहिद घोषणा गर्ने प्रक्रिया अघि बढाइने

रास्वपा विवादमा गोकुल बास्कोटाको व्यंग्य : ‘सत्ताको जेट सधैँ टर्बुलेन्समा किन पर्छ, रविजी?’

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu