ABC NEWS NEPAL | No.1 News channel of Nepal
२३ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मदन भण्डारी कप फुटवल जारी, एपीएफ क्लब क्वाटर फाईनलमा


sharan sharan
११ चैत्र २०७४, आइतबार   ९ : ५७   बजे

बुटवल, ११ चैत्र ।
झापा ११ माथि सहज जित निकाल्दै विभागीय टिम एपीएफ क्लब बुटवलमा जारी तेस्रो मदन भण्डारी अन्तराष्ट्रिय गोल्डकपको क्वाटर फाइनलमा प्रवेश गरेको छ । बुटवलको मानवज्ञान मावि मैदानमा आईतबार भएको खेलमा एपीएफले झापा ११ लाई ४–२ गोल अन्तरले रोक्दै क्वाटर फाइनलमा पुगेको हो । खेलको पांचौं मिनेटमा झापाका कर्ण लिम्बुले गोल गरेर अग्रता लिएपनि १८ औं मिनेटमा एपीएफका रामकुमार कुमालले गोल गरेर बराबरीमा पु¥याए । एपीएफका नवीन लामाले ३६ औं मिनेटमा पेनाल्टीमार्फत, दोस्रो हाफको ६१ औं र ८८ औं मिनेटमा गोल गरेर ह्याट्रिक गरे । दोस्रो हाफको १५ औं मिनेटमा झापाका खमिर गिल्सान खवाले टिमका लागि दोस्रो गोल गरेका थिए । आज भएको खेलमा एपीएफका नवीन लामा म्यान अफ द म्याच भएका छन ।

यस्ता खालका खेलहरु संचालन गर्दै गर्दा स्थायी संरचनाहरु नभएकाले लाखै रुपैया खेल मैदान बनाउन र प्याराफिट निर्माणको लागि खर्चहुने गरेको यस प्रतियोगिताका टेक्निकल संयोजक हरी श्रेष्ठको गुनासो गर्नुभएको छ ।
भोलि विभागीय टिम त्रिभुवन आर्मी र मदन भण्डारी स्पोर्ट्स एकेडेमी काठमाडौंबीच पहिलो क्वाटर फाइनल खेल हुने छ । मोफसलकै सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले ७ लाख ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

८ दलको ‘अग्रगामी मोर्चा’ घोषणा, संघीयता र पहिचानको एजेन्डामा साझा अभियान[पूर्णपाठ]

‘सरकारमा कोही एक्लो छैन, हामी सबै साथमा छौँ’ : प्रधानमन्त्री बालेनलाई रास्वपाका नेता मनीष झाको जबाफ

सम्बन्धित

सृजना सेकेन्डरी स्कुलमा अन्तर सदनात्मक बुद्धिचाल प्रतियोगिता सम्पन्न

आगोको धुवाँबीच ‘पदक राजनीति’? संकटकै बेला गण्डकी खेलकुद परिषद्को विवादास्पद निर्णय

आइसिसीले सार्वजनिक गर्‍यो २०२७ एकदिवसीय विश्वकपको मिति, नेपालको विश्वकप यात्रा अझ कठिन

 एसियाली खेलकुदमा नेपालका १३६ खेलाडी, २२ खेलमा प्रतिस्पर्धा गर्ने

खर्बपति मेस्सी: पाँचतारे होटलदेखि फुटबल क्लबसम्मका मालिक, कहाँ कहाँ छ लगानी ?

एन्फामाथिको फिफा प्रतिबन्ध कसरी हट्छ ? भारतदेखि पाकिस्तानसम्मका अनुभवले देखाएको नेपालको बाटो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu