ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुरक्षासँगै भैपरी आउने समस्यासँग जुध्न सेना सक्षम छ- रक्षामन्त्री राई


abc news
७ जेष्ठ २०८२, बुधबार   ५ : ४९   बजे

काठमाडौ ७ जेठ । रक्षामन्त्री मानवीर राईले नेपाली सेना मुलुकमा आइपर्ने हरेक किसिमका समस्या र विपद्सँग जुध्न सक्षम रहेको बताएका छन्।

रक्षा मन्त्रालयद्वारा बुधबार सल्लेरीमा आयोजित ‘राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षको सुरक्षासम्बन्धी अन्तरक्रिया’ कार्यक्रममा मन्त्री राईले नेपाली सेना सीमा सुरक्षा वा शान्ति सुरक्षाका लागि मात्र नभई मुलुकमा भैपरी आउने हरेक समस्यासँग जुध्न सक्षम रहेको बताए।

उनले प्राकृतिक विपद्, सङ्कट र अन्य आपत्कालीन अवस्थामा समेत सक्रिय रहने संस्थाका रूपमा नेपाली सेना स्थापित भइसकेको उल्लेख गरे।

बाढी, पहिरो, हिमताल बिस्फोट, डुबान, भूकम्पलगायत विभिन्न प्राकृतिक विपद्का बेला नेपाली सेनाले देखाएको सक्रियता र समर्पण उल्लेखनीय छु, मन्त्री राईले भने, जिल्लाको थामे क्षेत्रमा हिमताल फुटेर आएको बाढीका बेलामा सेनाले जनजीवन जोगाउन खेलेको भूमिका यसका उदाहरण हुन्।

उनले नेपाली सेना सधैँ राष्ट्रको आवश्यकताअनुसार खटिने संस्थाका रूपमा जिम्मेवार रहँदै आएको बताए।

सगरमाथा राष्ट्रिय निकुञ्जको संरक्षण तथा सुरक्षा कार्यमासमेत सेना समर्पित रहेको मन्त्री राईले उल्लेख गरे। राष्ट्रिय सुरक्षाका साथै वातावरण संरक्षण, विपद् व्यवस्थापन र समुदायसँगको समन्वयमा सेनाको भूमिका प्रभावकारी रहेको उनले धारणा राखे।

अन्तर्क्रिया कार्यक्रममा नेपाली सेना, सशस्त्र प्रहरी, राष्ट्रिय निकुञ्जका प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधिलगायत सरोकार भएका निकायका प्रतिनिधिको सहभागिता थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

रास्वपा महाधिवेशनमा मतदान जारी

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group