ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

धुलो धुवाँबाट आँखा बचाउन चिकित्सकको सुझाव


admin

चितवन, १२ चैत । गर्मी शुरु भएसँगै ठाउँ ठाउँमा लागेको डढेलो, धुलोलगायत कारण यसको प्रत्यक्ष प्रभाव आँखामा पर्न थालेको छ । 


तराईदेखि पहाडसम्मका राष्ट्रिय वन, सामुदायिक वन, निकुञ्ज, निजी वनमा यतिबेला डढेलो लाग्ने गरेको छ । कतिपय ठाउँमा घाँसे मैदान व्यवस्थापनका लागि आगलागी पनि गर्ने गरिएको छ । धुलो र खरानी टाढा टाढासम्म फैलिएर मानव स्वास्थ्यमा प्रतिकूल असर परिरहेको छ ।

श्वासप्रश्वाससँगै आँखा रातो हुने, बिझाउने, धुलोका कण नानीमा अड्किएर घाउ हुनेजस्ता समस्या देखिएका छन् । भरतपुर आँखा अस्पतालका डा पुष्पा गिरी श्रेष्ठ धुलो धुवाँका कारण विभिन्न समस्या लिएर बिरामी आउन थालेको बताउनुहुन्छ । उहाँले आँखालाई धुवाँ धुलोबाट बचाउन सकेसम्म चस्मा लगाउने, सम्भव नभए घरबाट बाहिरिँदा र फर्किंदा सफा पानीले आँखा सफा गर्न सुझाव दिनुहुन्छ ।

उहाँले आँखा बचाउनका लागि कालो चस्मा प्रयोग गर्न सुझाव दिनुभयो । यद्यपि समय समयमा आँखालाई विस्तारै सफा पानीले सफा गरेमा समस्या कम हुने डा श्रेष्ठको भनाइ छ ।

घरबाट खेतबारीमा होस् वा शहर बजार जहाँ जाँदा पनि आँखा सफा पानीले सफा गरेर जाने, सम्भव भएको समयमा सफा पानीले सफा गरिरहने र घर फर्किएपछि पनि सफा गर्ने गरेमा आँखालाई बचाउन सकिने श्रेष्ठ बताउनुहुन्छ ।

तराई र भित्री मधेशको आकाश यतिबेला धुलोका कण, धुवाँ र खरानीले भरिएको छ । ती सबै आँखाका लागि हानिकारक छन् । रुख बिरुवाको पालुवा पलाउने समय भएकाले यतिबेला त्यसकै कारण पनि आँखामा एलर्जी हुने हुँदा त्यसबाट जोगिन उहाँले सुझाव दिनुभयो । आँखामा धुलो धुवाँ पसेर अप्ठ्यारो भएमा नमिच्न र दबाब हुने गरी पानी नपार्न उहाँले आग्रह गर्दै तत्काल आँखा अस्पताल वा स्वास्थ्य संस्थामा जान सुझाव दिनुभयो ।

अस्पतालमा आँखा पाकेर, संक्रमण भएर, नानीमा घाउ भएर बिरामी आउन शुरु गरेको भन्दै डा श्रेष्ठले बालबालिका र वृद्धवृद्धालाई पनि सन्देश दिनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

सम्बन्धित

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com