ABC NEWS NEPAL | No.1 News channel of Nepal
२५ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भिजिट भिसामा हुने मानव तस्करीमा गृह प्रशासनकै संलग्नता रहेको आरोप


abc news
१० जेष्ठ २०८२, शनिबार   ९ : ३७   बजे

काठमाडौ १० जेठ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत भिजिट भिसामा जाने युवाबाट रकम असुली प्रकरणमा गृह प्रशासनकै संलग्नता रहेको आरोप लागेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विमानस्थल अध्यागमन कार्यालयका प्रमुख सहसचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएर छानबिन थालेपछि भिजिट भिसामा हुने असुली सङ्गठित र संस्थागत रूपमै हुने गरेको शङ्का बढेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अरु कर्मचारीमाथि पनि छानबिन थालेको छ । आयोगले छानबिन गरिरहेका बेला गृह मन्त्रालयले केही कर्मचारीलाई जिम्मेवारीबाट हटाएको छ ।

भिजिट भिसामा विदेश जानेहरूसँग प्रतिव्यक्ति २० हजारदेखि ४० हजार रुपैयाँसम्म असुलेर गिरोहको सेटिङमा विभिन्न देशमा पठाउने गरेको उजुरीका आधारमा सहसचिव भट्टराईलाई अख्तियारले नियन्त्रणमा लिएर तारिखमा छोडेको छ ।

अख्तियारले विमानस्थल अध्यागमन कार्यालयबाट भट्टराईले प्रयोग गर्ने कम्प्युटर र मोबाइलसहित केही उपकरण पनि नियन्त्रणमा लिएर छानबिन गरिरहेको छ ।

गृहमन्त्रीका स्वकीय सचिव तथा निजी सचिवहरूको पनि भिजिट भिसाका एजेन्टहरूसँग निकटतम सम्बन्ध रहेको आरोप लागेको छ ।

गृहमन्त्रीलाई बर्खास्तीको माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उजुरी र सर्वोच्च अदालतमा रिट पनि परेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस एकता नै आफ्नो प्राथमिकता हो : डा. शशांक कोइराला

सिंहदरबारको नाम कसरी रह्यो ? परिवर्तनको बहस फेरि सतहमा

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu