ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देश फेरि माओवादीमय बन्दैछ, नयाँ क्रान्तिको आवश्यकता छ – अध्यक्ष प्रचण्ड


abc news
१० जेष्ठ २०८२, शनिबार   ४ : ३३   बजे

काठमाडौ १० जेठ । नेकपा माओवादी केन्द्र का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले देशमा फेरि माओवादी लहर बलियो बन्दै गएको दाबी गरेका छन् । शनिबार पोखरामा आयोजित मध्यपहाडी लोकमार्ग जनजागरण अभियानअन्तर्गतको जनसंवाद कार्यक्रममा उनले माओवादी आन्दोलनको पुनरागमनको संकेत दिँदै जनतालाई नयाँ क्रान्तिको तयारीमा जुट्न आह्वान गरे ।

अध्यक्ष प्रचण्डले भने, ‘देश माओवादी मय बन्दै गइरहेको छ । मध्यपहाडी लोकमार्ग, तराई–मधेश अभियानमा मैले के महसुस गरेको छु भने २०६४ सालजस्तै माओवादी मय बन्दैछ देश । वृद्ध वृद्धा, युवायुवती, बालबालिका सबै फेरि माओवादीप्रति समर्पित हुने भावना देखिएको छ ।’

उनले आगामी वर्षमा देश फेरि माओवादी मय बन्ने र आगामी निर्वाचनमा माओवादी केन्द्र पहिलो पार्टी बन्ने दाबी गरे । ‘यदि जनतालाई बुझाउन सक्यौं भने आउँदो एक वर्षमा देश सिंगै माओवादी मय बन्नेछ,’ उनले भने, ‘आउँदो निर्वाचनमा माओवादी केन्द्र एक नम्बर पार्टी हुनेछ । अनि त्यसपछि समाजवादको आधार निर्माण हुनेछ ।’

हालको निर्वाचन प्रणाली र शासकीय संरचनामा गहिरो अन्तर्विरोध रहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको पक्षमा संविधान संशोधन गर्नुपर्ने धारणा पुनः दोहोर्‍याए । उनले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्र भनिसकेपछि सबै वर्ग, समुदायको पहिचान र अधिकार सुनिश्चित भएपछि अब राजनीतिक स्थायित्वको लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुनपर्छ भनेर हामीले पहिल्यै भनेका थियौँ । तर कांग्रेस र एमालेको असहमतिको कारण त्यसबेला संविधानमै त्यो व्यवस्था गर्न सकिएन । अब समय आएको छ, जनताको सहमतिमा संविधान संशोधन गरी त्यो व्यवस्था ल्याउनुपर्छ ।’

अध्यक्ष दाहालले समाजवादी अर्थतन्त्रको जग बसाल्ने कार्य माओवादी केन्द्रले मात्र गर्न सक्ने दाबी गरे । ‘हामीले योजनाबद्ध ढंगले आत्मनिर्भर अर्थतन्त्र, कृषिमा आधारित उद्योग, पर्यटन प्रवर्द्धन, जडिबुटी प्रशोधन आदिको माध्यमबाट समाजवादको आधार तयार गर्ने सपना देखेका छौँ,’ उनले भने ।

उनका अनुसार माओवादी केन्द्र अहिले समाजवादी क्रान्तिको आधार तयार पार्ने प्रक्रियामा रहेको छ । ‘संविधानले समाजवाद उन्मुख राज्य भने पनि कस्तो समाजवाद भन्नेबारे अस्पष्टता छ । अब त्यो स्पष्टता दिन माओवादी केन्द्रको काँधमा जिम्मेवारी आएको छ,’ उनले स्पष्ट पारे ।

कार्यक्रममा उनले सहिद, बेपत्ता तथा घाइते परिवारहरूसँग नयाँ सम्बन्ध स्थापना गर्दै जनतामा पुनः क्रान्तिको भावना जागृत गर्न लागिएको जानकारी गराए । उनले भने, ‘सबै कमरेडलाई गहिरो आत्म समीक्षा गर्न आग्रह गर्दछु । देशको राजनीतिक स्थायित्व, भ्रष्टाचारको अन्त्य, आर्थिक विकास हाम्रो काँधमा आएको जिम्मेवारी हो ।’

कार्यक्रमको समापनसँगै माओवादी केन्द्रको मध्यपहाडी लोकमार्ग जनजागरण अभियानको पहिलो चरण पोखरामा स्थगित भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group