ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गृहमन्त्रीले तत्काल राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ- माओवादी


abc news
१२ जेष्ठ २०८२, सोमबार   १२ : ०७   बजे

काठमाडौ १२ जेठ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले गृहमन्त्री रमेश लेखकले तत्काल राजीनामा दिनुपर्ने निर्णय गरेको छ। बैठकपछि माओवादी प्रवक्ता अग्निप्रसाद सापकोटाले नेपालीलाई भिजिट भिसामा विदेश पठाएर ठगी गरेको आरोप लागेका गृहमन्त्री लेखकले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने निर्णय भएको बताएका हुन्।

अध्यागमनमार्फत नेपालीलाई भिजिट भिसामा नेपालीलाई विदेश पठाउने कार्यमा गृहका कर्मचारी जोडिएका छन्, उनले भने, सबैतिरबाट यो विषय आइरहेको छ। नैतिकताको आधारमा राजीनामा दिनुपर्छ। कांग्रेसभित्रैबाट पनि मागिएकोछ। राजीनामा दिएर मार्ग प्रशस्त पार्नुपर्छ। पावर पहुँच प्रयोग हुन नपाओस्। निष्पक्ष स्वतन्त्र छानबिनका लागि। जति ढिलो भयो उति राज्यको शाख गिर्छ।

त्यस्तै बैठकले मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान झनझन राम्रो हुँदै गइरहेको निष्कर्ष निकालेको उनले सुनाए।

मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान झनझन राम्रो हुँदै गएको छ। हुलाकी पनि धेरै राम्रो भएको थियो। यो चरण पोखरामा हिजो समापन गरियो अब नयाँ फेरि सुरु हुन्छ, उनले भने, यो अभियान प्रभावकारी भएको निष्कर्ष छ। जनताको उपस्थिति आकर्षण गुणात्मक ढंगले बढिरहेको छ। राष्ट्रिय एकता जनतन्त्र जनजीवीका राजनीतिक सामाजिक सांस्कृतिक वैचारिक बहसका लागि राम्रो भएको छ।

त्यस्तै आज नै गंगानारायण श्रेष्ठ नेतृत्वको नेपाद समाजवादी पार्टी र विजय सैजु नेतृत्वको नेपा राष्ट्रिय पार्टीसँग एकता कार्यक्रम तय भएको सापकोटाको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

विराटनगर पुगेर प्रचण्डले भने–एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ

रास्वपाको पदाधिकारीमा को–को भए निर्वाचित ? (मतसहित)

काठमाण्डौ उपत्यकामा बर्ड फ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu