ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बागलुङ नर्जाखानीवासीको पीडा : गाडी चढ्न तीन घण्टा पैदल यात्रा


admin
१२ चैत्र २०७४, सोमबार   ४ : ४३   बजे

बागलुङ, १२ चैत। सदरमुकामदेखि ३६ कोष पश्चिम तमानखोला गाउँपालिकाको सिङ्गो ६ नं वडा सडक सुविधाबाट वञ्चित छ ।

नर्जाखानी, भित्रीवन र पात्ले गाउँका बासिन्दा सडक नहुँदा सास्ती व्यहोर्न बाध्य छन् । गाडी चल्ने ठाउँ भेटाउन तीन घण्टासम्म पैदल हिँड्नुपर्छ । डोकोमा बोकेर अस्पताल लैजाँदा बाटैमा बिरामीको मृत्यु भएका घटना गाउँलेसामु ताजै छन् । जिल्लाभर सडक सञ्जाल फैलिँदा नर्जाखानीमा किन सडक बनेन ?

वडाध्यक्ष कुलबहादुर छन्त्याल भन्नुहुन्छ, “एक त विकट भूगोल, त्यहीमाथि राज्यको पनि ध्यान पुगेन ।” उहाँका अनुसार अझै पनि गाउँमा सडक बन्ने कुनै छाँटकाँट छैन । स्थानीय सरकार तमानखोला गाउँपालिकाले पनि नर्जाखानीमा सडक जोड्ने योजना बनाएको छैन । “वडाको मात्र बजेटले सडक आउँदैन, माथिबाटै सम्बोधन हुनुपर्छ,” वडाध्यक्ष छन्त्यालले भन्नुभयो ।

विकासको मेरुदण्ड मानिने सडक नै नपुगेपछि पाएका अन्य सुविधा गाउँलेलाई सामान्य झैँ लाग्छन् । “मूल कुरा सडक नै छैन, हामीलाई ठूलो दुःख छ,” स्थानीय निर्मलादेवी सिरपालीले भन्नुभयो । जतिसक्दो छिटो गाउँलाई सडकमा जोड्न सके ठूलो राहत मिल्ने उहाँको भनाइ छ । सरकारी कामकाजका लागि गाउँपालिकाको केन्द्र बोङ्गादोभान बजार पुग्न पनि घण्टौँ हिँड्नुपर्ने बाध्यता छ ।

विद्यार्थीको बेथा त झन् कहालीलाग्दो छ । तीन घण्टासम्म पैदल हिँडेर विद्यालय जानुपर्ने अवस्था छ । खच्चड र भरियामार्फत ढुवानी गर्दा दैनिक उपभोग्य सामानमा पनि महँगी खेप्न गाउँले बाध्य छन् । लघु जलविद्युत् आयोजनाबाट बिजुली र पछिल्लो समय मोबाइल सेवा पाएका गाउँले सडकको व्यग्र प्रतीक्षामा छन् । नर्जाखानी विकासमा पछि परेको स्थानीय विष्णु आधारभूत विद्यालयका प्रधानाध्यापक ओमप्रसाद छन्त्यालले बताउनुभयो ।

“स्थानीय सरकार आएको छ, अब विकास आउँला भन्ने अपेक्षा छ,” उहाँले भन्नुभयो, “यहाँको जरुरी आवश्यकता भनेको सडक नै हो ।” गाउँपालिकाले सडकलाई पहिलो प्राथमिकतामा राखे पनि चालू आवमा नर्जाखानीमा कुनै सडक योजना छैन । विकट भूगोल र छरिएर रहेका बस्तीका कारण सडकलाई ठूलो बजेट चाहिने गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले बताउनुभयो ।

“आगामी वर्षको योजनामा नर्जाखानी समेट्छौँ,” उहाँले भन्नुभयो – “मार्ग खोल्नमात्र करोडौँ रुपैयाँ लाग्ने अवस्था छ ।” अहिले सडक पुगेको वडा नं ५ खुङ्खानीबाट नर्जाखानीको भित्रीवन र पात्ले तीन घण्टाको पैदल दूरीमा छन् । सडकसँग जोडिए त्यहाँको स्थानीय उत्पादनले बजार पाउने देखिन्छ । कृषि र पशुपालनको प्रचुर सम्भावना रहेको त्यस क्षेत्रको अर्को समस्या गरिबी, अशिक्षा र बेरोजगारी पनि हो ।

दलित र जनजातिको मात्र बसोबास रहेको तमानखोला गाउँपालिका जिल्लामै सबैभन्दा विकट मानिन्छ । शिक्षा, स्वास्थ्य, खानेपानीजस्ता आधारभूत सुविधाबाट त्यहाँका बासिन्दा वञ्चित छन् । गाउँपालिकाले विकास गुरुयोजनामार्फत त्यहाँका समस्या समाधानका लागि पहल अघि बढाएको छ । स्थानीय स्रोतसाधनको पहिचान र उपभोगबाट गाउँपालिकालाई स्वाधीन बनाउने लक्ष्य लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group