ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सबै कुरा नमिली हतारमा पार्टी एकता हुँदैन: अध्यक्ष दाहाल


admin

काठमाडौं, १२ चैत । माअ‍ोवादी केन्द्रका अध्यक्ष प्रचण्डले सवै कुरा नमिली हतारमा पार्टी एकता नहुने बताएका छन् ।

प्रधानमन्त्री केपी ओलीको भारत भ्रमण अगाडि नै दुई पार्टीको एकताको चर्चा भैरहदा प्रचण्डले सवै कुरा नमिलेसम्म हतारमा एकता गर्न नसकिने प्रतिक्रिया दिएका छन् ।

सोमबार विद्यार्थी संगठनका नेताहरुलाई प्रशिक्षण दिँदै प्रचण्डले एक जना पनि कम भएर एकता नहुँने बताए ।

यस अघि माओवादीको ९९ र एमाले २०६ जनालाई समेटेर ३५० जनासम्मको केन्द्रीय समिति, १०० सयको आसपासमा पोलिटव्यूरो र ३५ जनाको स्थायी समिति बनाउने गरी छलफल चलेको समाचार आएको थियो ।

यही समाचारलाई लिएर प्रचण्डले आज फिप्टी फिप्टीको सुत्र अगाडि सारेका हुन् ।

प्रचण्डले एमालेमा भन्दा माओवादीमा बढी प्रतिबद्ध र पूर्णकालीन कार्यकर्ता रहेको पनि दावी गरेका छन् ।

सो प्रशिक्षणमा प्रचण्डले दुवै पार्टीका अध्यक्ष नै एकीकृत पार्टीको अध्यक्ष रहने, आलोपालो बैठक गर्ने र समान अधिकार रहने सहमति भएको पनि सुनाएका छन् ।

‘महाविधेशनसम्म दुवै पार्टीका अध्यक्ष नै अध्यक्ष रहने र आलोपालो बैठकको नेतृत्व गर्ने सिद्धान्त बनाइएको छ’ प्रचण्डले भने ।

उनले पार्टी एकतामा दुवै पार्टीका समान सदस्य रहने गरी अन्तरिम संगठन बनाइने बताएका छन् ।

यस अघि दुई पार्टीले कम्युनिष्ट पार्टीको स्थापना दिवसको दिन पारेर बैशाख ९ गते पार्टी एकता गर्ने बताएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

सम्बन्धित

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com