ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुर्गा प्रसाईँका दुवै बडीगार्ड रिहा


abc news
१३ जेष्ठ २०८२, मंगलबार   १ : ५६   बजे

काठमाडौ १३ जेठ । २०८१ चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको राजावादीको प्रदर्शनका जनकमाण्डर दुर्गा प्रसाईँका दुवै जना सुरक्षागार्ड रिहा भएका छन्।

प्रसाईँसँगै भारतबाट पक्राउ परेका दीपक खड्का र त्यसअघि नै पक्राउ परेका रामकुमार धिमाल तीनकुने र आसपासमा भएका आगजनी र तोडफोडमा संलग्न रहेको प्रमाण नदेखिएकाले रिहा गर्ने निर्णय भएको हो। उनीहरूलाई अभियोग पत्र दायर गर्नु पहिले नै सरकारी वकिल कार्यालय काठमाडौँले रिहा गर्ने निर्णय गरेको हो।

दुवै जना आइतबार बेलुका नै रिहा भएका हुन्। खड्का र धिमाल यसअघि प्रसाईँसँगै सर्वोच्च अदालतमा प्रवेश गर्दा पनि पक्राउ परेका थिए। अहिले पनि उनीहरूविरुद्ध हातहतियारको कसुरमा मुद्दा विचाराधीन छ।

तर यसपटक यो मुद्दामा भने उनीहरूलाई प्रतिवादी नबनाउने निर्णय भएको हो। उनीहरू दुई जनासँगै गोपिकृष्ण खड्का, सन्तोष चौधरी, एनी कुँवर भन्ने अनिता कुँवर, शिशिर जिसी, खेमराज सेढाई, मिनोज थापा र अनिल बस्नेतलाई कसुरमा संलग्न देखिएको प्रमाण नभेटिएको भन्दै रिहा गर्ने निर्णय भएको हो। उनीहरू आइतबार साँझ रिहा भएका हुन्।

आपराधिक उपद्रवमा म्याद थप गरिएका अरु २६ जनालाई पनि त्यसैदिन रिहा गरिएको थियो। यसअघि उनीहरूलाई पनि विभिन्न कसुरमा संलग्नता देखिएको दाबी गर्दै प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको थियो।

तर प्रहरीले प्रतिवेदन बुझाउँदा प्रमाण दिन नसकेको भन्दै सरकारी वकिल कार्यालयले मुद्दा नचलाउने निर्णय गरेको हो। दुर्गा प्रसाईँसहित ६१ जनाविरुद्ध जिल्ला अदालत काठमाडौँमा र चार जनाविरुद्ध बाल अदालत भक्तपुरमा अभियोग दर्ता भएको छ। न्यायाधीश ध्रुवकुमार कार्कीको इजलासमा उनीहरूको बकपत्र भइरहेको छ। यसपछि बहस र थुनछेक आदेश हुनेछ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

सम्बन्धित

फिफा विश्वकप २०२६ : अर्जेन्टिना अपराजित यात्रा कायम राख्ने लक्ष्यमा, पोर्चुगल–कोलम्बिया भिडन्तमा सबैको नजर

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

हर्मुजको जलडमरूमा फेरि तनाव: कार्गो जहाजमाथि हमलापछि अमेरिका र इरान आमनेसामने

मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको प्रतिवेदन

महँगोमा मल खरिदको सम्झौता, कृषि सामग्री कम्पनीभित्रै उठ्यो प्रश्न

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu