ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यी हुन् गभर्नरविरुद्धको रिटमा गरिएका चार मागदाबी


abc news
१३ जेष्ठ २०८२, मंगलबार   २ : ४१   बजे

काठमाडौ १३ जेठ । मंगलबार सर्वोच्च अदालतमा गभर्नर विश्वनाथ पौडेलविरुद्ध रिट दर्ता भएको छ । पौडेलको नियुक्ति बदरको माग गर्दै अधिवक्तात्रय विशाल थापा, प्रतिभा उप्रेती र अनन्तराज लुइँटेलले सर्वोच्चमा रिट दर्ता गरेका हुन् ।

उक्त रिटमाथि यसअघि दायर ६५ वर्षे उमेरहद संशोधन नगर्न मागसहितको रिटमा लगाउमा राखेर बुधबार सुनुवाइ हुने बताइएको छ । गभर्नर पौडेलको नियुक्तिविरुद्धको रिटमा नोटमा हस्ताक्षर नगर्न अन्तरिम आदेशको मागसहित चारवटा मागदाबी गरिएको छ । यस्ता छन् मागदाबी

१. नियुक्ति गैरकानुनी

विश्वनाथ पौडेललाई गभर्नर सिफारिस र नियुक्ति गर्ने कार्य गैरकानुनी हो ।


२. म्याच फिक्सिङ

गभर्नर सिफारिस समितिका नेपाली कांग्रेसबाट तोकिएका सदस्य डा पौडेललाई म्याच फिक्सिङको शैलीमा नियुक्तिको तय गरी सिफारिस समितिबाट राजीनामा गरी पहिल्यै सत्तारुढ दल नेपाली कांग्रेसले गभर्नरको रूपमा अगाडि बढाइ पौडेलले वैशाख २८ गते आइतबार समितिका संयोजक समेत रहेका उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेल समक्ष राजीनामा दिई गभर्नरको लागि योग्य व्यक्ति छान्न सिफारिस समितिमा बसेको व्यक्ति आफैँ सो पदमा नियुक्ति खान तयार रहेको स्पष्ट भैसकेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले डा। गुणाकर भट्टको विकल्पमा पौडेलको नाम गभर्नरको रूपमा सिफारिस गरी आफैँ सिफारिस समितिमा बसेको व्यक्तिलाई राजीनामा गराई स्वार्थपूर्ण तवरले ऐन, नियम, सुशासनलाई समेत तिलाञ्जलि दिई सिफारिस समितिको कर्मकाण्डी कार्य समेत विपक्षी नेताहरूले गैर कानुनी सहमति गरी सोहीका आधारमा कानुनी व्यवस्था र आर्थिक सुशासनकै धज्जी उडाइ नियुक्ति गरिएको छ ।

३. राजनीतिक दलको सदस्य

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा २५ ले एक महिनाअघिदेखि सार्वजनिक रूपमा प्रक्रिया अघि बढाउनुपर्ने र दफा ३२ ले निजी स्वार्थ हुन नहुने व्यवस्था गरेकोमा सुशासन सञ्चालन व्यवस्थापन तथा सञ्चालन ऐन २०६४ को दफा १६ ले निर्णयमा पारदर्शिता हुनुपर्ने, दफा १७ ले निर्णय गर्दा आधार र कारण खोल्नुपर्ने र दफा १८ ले स्वार्थ बाझिएमा निर्णय गर्न नहुने राजनीतिक दलको सदस्य गभर्नरमा नियुक्ति हुन नसक्ने नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा २१९क० को विपरीत कांग्रेसको महासमिति सदस्य तथा निर्वाचनमा पराजित प्रतिनिधि सभाको सदस्यको उम्मेदवारलाई अघि सारेबाट समेत स्पष्ट कानुनी व्यवस्थाको विपरीत सिफारिस समितिकै पदाधिकारीले राजीनामा गरी आफैँ छनोट हुने परिपाटीले सुशासनको धज्जी उडाएकोले २०८२ जेठ ६ को नियुक्ति गैरकानुनी कार्य भएकाले बदरभागी छ ।

४। अन्तरिम आदेश माग

नेपाल राष्ट्र बैंक ऐन २०५८ को नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा २५ ले एक महिनाअघिदेखि सार्वजनिक रूपमा प्रक्रिया अघि बढाउनुपर्ने, दफा २१ ९क० ले राजनीतिक दलको सदस्य हुन नहुने र दफा ३२ ले निजी स्वार्थ हुन नहुने व्यवस्था गरेको छ ।

सुशासन सञ्चालन व्यवस्थापन ऐन २०६४ को दफा १६ ले निर्णयमा पारदर्शिता हुनुपर्ने, दफा १७ ले निर्णय गर्दा आधार र कारण खोल्नुपर्ने र दफा १८ ले स्वार्थ बाझिएमा निर्णय गर्न नहुने स्पष्ट कानुन व्यवस्थाको विपरीत सिफारिस समितिकै पदाधिकारीले राजीनामा गरी आफैँ सोमा छनोट हुनेगरी भएको नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा १५ ले अनिवार्य गरेको खोजेको विज्ञता समेत नभएका पौडेलको गभर्नर पदमा भएको गैर कानुनी सिफारिस, नियुक्ति तथा शपथ समेत नेपालको संविधानको धारा १३३ ९२० ९३० बमोजिम उत्प्रेषणको आदेशले बदर गरी नोटमा हस्ताक्षर गर्ने लगायतका गम्भीर राष्ट्रिय महत्वको विषयमा राष्ट्रलाई नै असर पर्ने गरी गभर्नरको हैसियतले कुनै पनि दूरगामी कार्य सम्पादन नगर्न नगराउनु प्रतिषेध मिश्रित परमादेशको आदेश जारी गर्न माग । मुद्दाको टुंगो लाग्न समय लाग्ने भएकाले नोटमा हस्ताक्षर गर्ने लगायतका गम्भीर राष्ट्रिय महत्वको विषयमा राष्ट्रलाई नै असर पर्ने गरी गभर्नरको हैसियतले कुनै पनि दूरगामी कार्य सम्पादन नगर्न नगराउन अन्तरिम आदेश समेतको माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

ठगी अभियोगमा एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ

डेम्बेलेको ३२ मिनेटमै ह्याट्रिक, नर्वेमाथि फ्रान्सको ४–१ को शानदार जित; विश्वकप उपाधिको प्रमुख दाबेदारको रूपमा बलियो सन्देश

सेनेगलको शानदार पुनरागमन : इराकलाई ५–० ले हराउँदै नकआउट सम्भावना जीवित

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

विराटनगर पुगेर प्रचण्डले भने–एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ

रास्वपाको पदाधिकारीमा को–को भए निर्वाचित ? (मतसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu