ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाजुरा जिप दुर्घटनाका मृतक र घाइतेको सनाखत, टेलिकमका ३ कर्मचारीको मृत्यु


abc news
१३ जेष्ठ २०८२, मंगलबार   ५ : ०१   बजे

काठमाडौ १३ जेठ । बाजुरामा नेपाल टेलिकमको जिप दुर्घटनाका मृतक र घाइते पहिचान खुलेको छ।

दुुर्घटनामा मृत्यु भएका नेपाल टेलिकल मार्तडी कार्यालयका प्राविधिक सहायक अधिकृत कैलालीको धनगढी उपमहानगरपालिका–५ तारानगरका ४८ वर्षीय लोक बहादुर खड्कासहित तीन जना र अन्य दुई घाइतेको पहिचान खुलेको हो।

जिल्ला प्रहरी कार्यालय, बाजुराका अनुसार मृत्यु हुनेमा बाजुराको बडीमालिका नगरपालिका ७ धमकनेका ३५ वर्षीय रविन्द्र धामी र कञ्चनपुरको कृष्णपुर नगरपालिका २ वाणीका ५७ वर्षीय करनसिंह महतरा रहेका छन्।

धामी नेपाल टेलिकम कालाजागरामा सुरक्षा गार्ड र महतरा नेपाल टेलिकम प्रदेश निर्देशनालय अत्तरियामा चालकको रुपमा कार्यरत थिए।

दुर्घटनामा बाजुराको बुढीनन्दा नगरपालिका २ कोल्टीका २५ वर्षीय नन्दराम तिरुवा र सोही ठाउँका २२ वर्षीय लोकेन्द्र तिरुवा घाइते भएका छन्। उनीहरुको अवस्था गम्भीर रहेको छ।

एम्बुलेन्समा राखेर उनीहरुलाई उपचारको लागि अहिले कोल्टी अस्पताल पुर्‍याइएको जिल्ला प्रहरी कार्यालय, बाजुराका प्रहरी निरीक्षक देवबहादुर चौधरीले बताए।

जगन्नाथ गाउँपालिका २ काँडाकोटमा मंगलबार नेपाल टेलिकमको बा ५ च २२०९ नम्बरको जीप दुर्घटनामा परेको हो। टावर मर्मतका लागि कैलालीको अत्तरियाबाट आएको जिप सडकबाट ८० मिटर तल खसेर दुर्घटनाग्रस्त भएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशीदेखि नारायणीसम्म खोजी तीव्र, चार जलविद्युत् आयोजनाका सुरुङमा पनि उद्धार टोली

फेसबुकमा शव व्यवस्थापनबारे लेखेका कोसीका सहसचिव निरौला खटाइए

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu