ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालमै पढेका चिकित्सक लैजाने देशसँग रोयल्टी लिने व्यवस्था गरिने


abc news
१४ जेष्ठ २०८२, बुधबार   २ : ०६   बजे

काठमाडौ १४ जेठ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालमा पढेका चिकित्सकलाई रोजगारीका लागि लैजाने देशसँग रोयल्टी लिने व्यवस्था गरिने घोषणा गरेका छन् ।

एमबीबीएस अध्ययन गराउन सरकारको ठूलो लगानी हुने भन्दै मन्त्री पौडेलले त्यस्तो व्यवस्था आवश्यक रहेको बताए ।

‘अध्ययनका लागि विदेश जानेहरूमा यो नीति लागू नहुने तर रोजगारीका लागि जानेमा मात्र लागू गर्ने तयारी छ,’ मन्त्री पौडेलले भने ।

मन्त्री पौडेलले नेपालमा तयार भएका दक्ष चिकित्सक विदेश जाने समस्यालाई उजागर गर्दै भने, ‘हाम्रो विद्यार्थी स्कलरशीपमा एमबीबीएस पास गर्छ । योग्य, दक्ष रूपमा देशले उत्पादन गरेपछि अमेरिका लगायतका विकसित मुलुकमा जान्छन्।’

देशले उत्पादन गर्न योगदान गरे बापत केही रोयल्टी प्राप्त गर्नुपर्ने उनको तर्क छ । ‘हामीले योग्य, दक्ष बनाएर तयार गरेको जनशक्तिलाई सिधैं काममा लगाएपछि रोल्यटी तिनु पर्दैन,’ मन्त्री पौडेल भन्छन्।

मन्त्री पौडेलले यस विषयमा नीतिगत व्यवस्था मिलाउनका लागि छलफल अगाडि बढाउने बताए ।

‘कुनै कम्पनीले लग्यो, कुनै संस्थाले लग्यो या कुनै देशले लग्यो, त्यसले हामीलाई रोयल्टी तिर्नुपर्छ,’ मन्त्री पौडेल भन्छन्, ‘यसले दक्ष जनशक्ति बाहिर जान रोक्ने होइन तर देशले रोयल्टी लिने व्यवस्था मिलाउने हो ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group