ABC NEWS NEPAL | No.1 News channel of Nepal
२५ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नागढुंगामा बस दुर्घटना हुँदा ३ जना घाइते, सडक अवरुद्ध दुवैतर्फ सवारी चाप


abc news
१५ जेष्ठ २०८२, बिहिबार   ११ : १०   बजे

काठमाडौ १५ जेठ । काठमाडौँको नागढुंगा नजिकै आज बिहान बस पल्टिँदा तीन जना यात्रु घाइते भएक छन्।

नागढुंगा(नौबिसे सडकखण्डमा पर्ने नाग मन्दिर नजिकै आज बिहान तीन बजेतिर दाङबाट काठमाडौँ आउँदै गरेको लुम्बिनी प्रदेश ०२–००१ ख ०१७७ नम्बरको बस पल्टिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसपी दिपक गिरीले जानकारी दिए।

बस सडकबाट तल नालीमा खस्दा तीन जना घाइते भएका उनले बताए। उकालोमा ब्रेक नलागेर बस ब्याक भएर नालीमा खसेको हो।

घाइतेमध्ये रोल्पाको परिवर्तन गाउँपालिकाकी २५ वर्षीया रोशनी घर्तीमगरको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उनलाई उपचारका लागि कलंकीको शहीद मेमोरियल अस्पतालमा भर्ना गरिएको छ।

‘पल्टिएको बसलाई क्रेनको सहायतामा हटाइसकिएको छ,’ एसपी गिरीले नेपालखबरसँग भने, ‘तर बस पल्टिँदा भएको सवारी साधनको जामको असर त्यस क्षेत्रमा अहिले पनि छ।’

उनले सडकको दुवैतर्फ अहिले चापमा गाडी चलिरहेको भए पनि सडक भने अवरुद्ध नरहेको बताए।

धादिङको थाक्रेमा पनि पुलमा भ्वाङ परेपछि केही दिनदेखि सवारी साधन सञ्चालनमा समस्या हुँदै आएको थियो।

जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी सुभास हमालले अहिले त्यस क्षेत्रमा पनि सडक अवरुद्ध नरहेको बताए।

‘गएराति १२ बजेदेखि पुलमा पनि ‘टुवे’ गरिएको छ,’ डीएसपी हमालले नेपालखबरसँग भने, ‘केही दिन पुलमा ‘वान(वे’ हुँदा सवारी साधनको जाम लाग्ने गरेको थियो। गएरातिदेखि त्यो समस्या टरेको छ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रोपाइँ सकिँदासमेत किसानले मल पाएनन् : प्रचण्ड

सुस्तामा नारायणीको कटान तीव्र, तीन तहका सरकार उच्च सतर्कतामा

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu