ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुस्तामा नारायणीको कटान तीव्र, तीन तहका सरकार उच्च सतर्कतामा


ABC NEWS
२५ श्रावण २०८३, सोमबार   ११ : ४५   बजे

परासी, साउन २५ गते । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा डुबान र नारायणी नदीको कटान तीव्र बनेपछि संघीय तथा प्रदेश सरकारले उच्च चासो दिएका छन्। सुस्तावासीको सुरक्षा र कटान नियन्त्रणका लागि तीनै तहका सरकार तथा सुरक्षा निकाय परिचालन भएका छन्।

नदी कटान तीव्र बनेपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुस्ता पुगेर स्थलगत निरीक्षण गर्नुभएको छ। निरीक्षणपछि मुख्यमन्त्री आचार्यले सुस्तालाई नदी कटानबाट जोगाउन प्रदेश सरकार गम्भीर रहेको बताउँदै तत्काल आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो।

यस्तै, संघीय सांसद विक्रम खनालले कटान नियन्त्रणका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग निरन्तर समन्वय भइरहेको बताउनुभएको छ। उहाँका अनुसार तत्कालीन तथा दीर्घकालीन रूपमा कटान नियन्त्रणका लागि आवश्यक स्रोत सुनिश्चित गर्न मन्त्रालयसँग छलफल भइरहेको छ।

बजेट अभाव हुन नदिने प्रतिबद्धता

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत जलस्रोत तथा सिँचाइ विभागका उपमहानिर्देशक दिनेश रजौरियाले पनि सुस्ता पुगेर कटान प्रभावित क्षेत्रको स्थलगत अनुगमन गर्नुभएको छ। उहाँले सुस्ता जोगाउन आवश्यक बजेटको अभाव हुन नदिने र विभागले नै आवश्यक बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता जनाउनुभयो।

पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले सम्भावित ठूलो क्षति रोक्न स्थानीय प्रशासन, जनप्रतिनिधि तथा सुरक्षा निकाय उच्च सतर्कताका साथ तयारी अवस्थामा रहेको बताउनुभएको छ।

५० मिटर क्षेत्रमा अस्थायी तटबन्ध

सुस्तालाई नदी कटानबाट जोगाउन हालसम्म करिब ४५ देखि ५० मिटर क्षेत्रमा गेबियन जाली, माटो, जियो ब्याग तथा बालुवाले भरिएका बोरा प्रयोग गरी अस्थायी तटबन्ध निर्माण गरिएको छ।

सुस्ता बचाउ अभियानका प्रवक्ता रवीन्द्र जयसवालका अनुसार कटान नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासी निरन्तर श्रमदानमा खटिएका छन्।

नेपाली सेनाले दैनिक तीन चरणमा टोली परिचालन गरेर तटबन्ध निर्माणमा सहयोग गरिरहेको छ। बिहान साढे ७ बजे, दिउँसो १२ बजेपछि र राति ३५–३५ जनाको टोली परिचालन भइरहेको जयसवालले बताउनुभयो।

हाल निर्माण गरिएको करिब ५० मिटर तटबन्धभन्दा माथिल्लो क्षेत्रमा नदीले तीव्र रूपमा कटान गरिरहेकाले त्यसलाई जोड्ने गरी थप काम भइरहेको छ। कटान नियन्त्रणका लागि प्रदेश सरकारले भुमहीस्थित सिँचाइ कार्यालयबाट १०० थान जाली र ३ हजार बोरा तथा गण्डक क्षेत्रबाट १५ हजार बोरा उपलब्ध गराएको छ।

थप ४०० थानसम्म जाली र बोरा आवश्यक

कटान नियन्त्रणका लागि अझै ३०० देखि ४०० थान जाली तथा थप बोरा आवश्यक पर्ने देखिएको छ। आवश्यक सामग्री व्यवस्थापनका लागि सम्बन्धित निकायबीच समन्वय भइरहेको छ।

अविरल वर्षा र प्रतिकूल मौसमका बाबजुद सुस्ता जोगाउन स्थानीयवासी, जनप्रतिनिधि तथा सुरक्षाकर्मी बिहानैदेखि श्रमदानमा जुटिरहेका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज

बीएलसी ग्लोबल होल्डिङ्सद्वारा बाढी प्रभावितका लागि ३ करोड ३६ लाख सहयोग

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

२४ घण्टामा सवारी दुर्घटनामा ७ जनाको मृत्यु, १०४ जना घाइते

कृष्णभीरमा पहिरो पन्छाउन १८ जना परिचालन

भोटेकोशी बाढीमा एक हजार २५२ जनाको शव फेला, ४ हजार ८७५ अझै बेपत्ता

साउदी ट्यांकरमाथि इरानी आक्रमण भएको साउदीको आरोप

मलेसियालाई ६ विकेटले हराउँदै नेपाल सेमिफाइनल नजिक

कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu