ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोटेकोशी बाढीमा एक हजार २५२ जनाको शव फेला, ४ हजार ८७५ अझै बेपत्ता


ABC NEWS
१८ भदौ २०८३, बिहिबार   १२ : १५   बजे

 

काठमाडौँ, भदौ १८ गते । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बिहीबार बिहान १० बजेसम्म एक हजार २५२ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले दिएको विवरणअनुसार रसुवामा १२७, नुवाकोटमा १७७, धादिङमा ६०, चितवनमा ३५५, गोरखामा ६९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१८ र नवलपरासी पश्चिममा १९० जनाको शव फेला परेको छ। भारतमा फेला परेको तथा नवलपरासी पश्चिममा बुझाइएको १८ शवसमेत गरी कुल शव संख्या एक हजार २५२ पुगेको हो। फेला परेका शवमध्ये ९५ वटा शव आफन्तलाई हस्तान्तरण गरिएको प्रहरीले जनाएको छ। पहिचानका लागि डीएनए नमुना सङ्कलनलगायत आवश्यक प्रक्रिया पूरा गरी हालसम्म २१३ महिला, ३१४ पुरुष र ३७० जनाको लिङ्ग नखुलेको गरी कुल ८९७ शव व्यवस्थापन गरिएको छ। प्रहरीले ती शवलाई सुरक्षित रूपमा माटोमुनि राखिएको जनाएको छ। यस्तै, पहिचान हुन नसकेका ९५९ शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ। बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण तथा शव व्यवस्थापनलगायतका कार्यका लागि हालसम्म सात हजार ९१२ प्रहरी कर्मचारी परिचालन गरिएको प्रहरीले जनाएको छ। बाढीमा बेपत्ता भएका चार हजार ८७५ जनाको खोजी कार्य जारी रहेको छ। विभिन्न जिल्लामा रहेका होल्डिङ सेन्टरमा तीन हजार १२६ जनालाई राखिएको प्रहरीले जनाएको छ। प्रहरीले बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका घरपरिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुका साथै सम्बन्धित निकाय र स्थानीयवासीको समन्वय तथा सहयोगमा उद्धार र खोजी कार्य गरिरहेको छ। विभिन्न स्थानमा अवरुद्ध भएका सडक तथा बाटो खुलाउने कार्यसमेत जारी रहेको प्रहरीले जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज

बीएलसी ग्लोबल होल्डिङ्सद्वारा बाढी प्रभावितका लागि ३ करोड ३६ लाख सहयोग

सम्बन्धित

भोटेकोशी र त्रिशूलीमा आज पनि आकस्मिक बाढीको उच्च जोखिम

भोटेकोसी र त्रिशूलीमा बाढीको उच्च जोखिम, ४८ जिल्लामा मध्यम सम्भावना

काठमाडौंमा ग्यास अभाव नहुने, राजधानी बाहिरै बोटलिङ गरेर पठाउन थालियो

बाढी–पहिरोका कारण विभिन्न राजमार्ग प्रभावित, कतै पूर्ण त कतै एकतर्फी अवरोध

दश मुख्य राजमार्ग अवरुद्ध

कैलाश मानसरोवरबाट २ हजार ५०० तीर्थयात्री नेपाल फर्किए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu