ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौंमा ग्यास अभाव नहुने, राजधानी बाहिरै बोटलिङ गरेर पठाउन थालियो


ABC NEWS
१८ भदौ २०८३, बिहिबार   ८ : ५५   बजे

 

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा सडक भासिएपछि राजधानीमा खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज बनाउन राजधानी बाहिरै बोटलिङ गरेर सिलिन्डर पठाउन थालिएको छ।

ग्यास बोकेका बुलेट वैकल्पिक मार्गबाट समेत काठमाडौं प्रवेश गर्न नसकेपछि विभिन्न उद्योगले अन्य जिल्लाका ग्यास उद्योगसँग समन्वय गरी त्यहीँ ग्यास भरेर ट्रकमार्फत काठमाडौं पठाउन थालेका हुन्।

साल्ट ट्रेडिङ कर्पोरेशनको एसटिसी ग्यास वीरगञ्जस्थित मनोज ग्यासमा भरेर काठमाडौं पठाउन थालिएको छ। चितवनको बाबा ग्यासले मंगलबार श्री ग्यासका १ हजार ५ सय सिलिन्डर भरेर पठाएको छ। श्री ग्यासको प्लान्ट धादिङको नौबिसेमा छ।

त्यस्तै, चितवनको साइबाबाले आफ्नै ९ सय सिलिन्डर काठमाडौं पठाएको छ भने नेपाल ग्यास गण्डकीले बालाजुको नेपाल ग्यासका १ हजार २ सय सिलिन्डर भरेर पठाएको छ।

गैँडाकोटको जानकीमा नौबिसेको श्रीराम ग्यास तथा हेटौँडाको साहारामा काठमाडौंका एभरेष्ट र सुगम ग्यास भरेर पठाउन थालिएको छ।

नेपाल एलपी ग्यास उद्योग संघका सदस्यसमेत रहेका बाबा ग्यासका सञ्चालक विमल कालाखेतीका अनुसार बनेपाको सगरमाथा ग्यासले परासीको चण्डी ग्यासमा तथा बनेपाका लोकप्रिय, सुपर र तारा ग्यासलगायत उद्योगले राजधानी बाहिरका विभिन्न उद्योगमा ग्यास भरेर त्रिभुवन राजपथ हुँदै काठमाडौं पठाउन थालेका छन्।

कालाखेतीले भारतबाट नेपाल आउने ग्यासको आपूर्ति नघटेकाले अभाव हुने अवस्था नरहेको बताउनुभयो। बुलेट काठमाडौंसम्म पुर्‍याउन नसकेका उद्योगले अन्य उद्योगमा ग्यास भरेर ट्रकमार्फत सिलिन्डर पठाइरहेकाले आपूर्ति व्यवस्थापन भइरहेको उहाँको भनाइ छ।

उहाँका अनुसार गत महिना भारतबाट ६० हजार २०० मेट्रिकटन ग्यास नेपाल भित्रिएको थियो, जुन हालसम्मकै उच्च परिमाण हो। सोही अनुपातमा ग्यास आयात भइरहेकाले तत्काल अभाव हुने अवस्था नरहेको उहाँले बताउनुभयो।

नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष देवान चन्दका अनुसार नेपाल आयल निगमले उद्योगीहरूलाई राजधानी बाहिर ग्यास बोटलिङ गर्न अनुमति दिएको छ। उपत्यका र आसपासका १६ उद्योगले बारा, पर्सा, चितवन, मकवानपुर तथा नवलपरासी पूर्व–पश्चिमका ग्यास उद्योगसँग समन्वय गरी ग्यास भरेर उपत्यकामा पठाउन थालेका छन्।

काठमाडौं उपत्यका र आसपासका जिल्लामा देशको कुल एलपी ग्यास खपतको करिब ४० प्रतिशत खपत हुने गरेको संघले जनाएको छ।

यसरी वैकल्पिक उद्योगबाट ग्यास बोटलिङ गरी आपूर्ति सुरु गरिएपछि कृष्णभीरमा सडक अवरोधका कारण राजधानीमा एलपी ग्यासको अभाव हुन नदिने प्रयास गरिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज

बीएलसी ग्लोबल होल्डिङ्सद्वारा बाढी प्रभावितका लागि ३ करोड ३६ लाख सहयोग

सम्बन्धित

भोटेकोशी बाढीमा एक हजार २५२ जनाको शव फेला, ४ हजार ८७५ अझै बेपत्ता

भोटेकोशी र त्रिशूलीमा आज पनि आकस्मिक बाढीको उच्च जोखिम

भोटेकोसी बाढी : मधेसका ३० जना सम्पर्कमा, १६२ अझै बेपत्ता

भोटेकोसी र त्रिशूलीमा बाढीको उच्च जोखिम, ४८ जिल्लामा मध्यम सम्भावना

बाढी–पहिरोका कारण विभिन्न राजमार्ग प्रभावित, कतै पूर्ण त कतै एकतर्फी अवरोध

एक सातादेखि चुल्हो बलेको छैन, मोबाइलमा छोरा फर्किने खबर कुरिरहेकी सरिता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu