ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चालु आर्थिक वर्ष मुलुकको आर्थिक वृद्धि ४.६१ प्रतिशत रहने अनुमान


abc news
१५ जेष्ठ २०८२, बिहिबार   ३ : ४३   बजे

काठमाडौ १५ जेठ । चालु आर्थिक वर्ष २०८१र८२ मा मुलुकको आर्थिक वृद्धि ४।६१ प्रतिशत रहने भएको छ । बिहीबारको संसदमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक सर्वेक्षण २०८१र८२ को आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै सोबारे जानकारी गराउनुभएको हो ।

उहाँले प्रदेशगत रूपमा मधेश प्रदेश, कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश बाहेक सबै प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसत ४।६१ प्रतिशतभन्दा माथि रहेको जानकारी दिनुभयो ।

अर्थमन्त्री पौडेलकाअनुसार चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको आकार ६१ खर्ब सात अर्ब पुग्ने अनुमान छ । यस अवधिमा कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २५।१६ प्रतिशत, उद्योग क्षेत्रको योगदान १२।८३ प्रतिशत र सेवा क्षेत्रको योगदान ६२।०१ प्रतिशत रहने अनुमान छ । प्रति व्यक्ति कुल राष्ट्रिय आय बढेर एक हजार पाँच सय १७ अमेरिकी डलर पुगेको छ । औसत उपभोक्ता मुद्रास्फीति ४।७२ प्रतिशत रहेको छ ।

चालु आर्थिक वर्षको फागुनसम्म सङ्घीय खर्च ४।७ प्रतिशत र सङ्घीय राजस्व १२।६ प्रतिशतले बढेको छ । वैदेशिक सहायता प्रतिबद्धता उल्लेख्यरूपमा बढेको छ । यस अवधिमा सङ्घीय सरकारको वित्त घाटा १६ अर्ब १९ करोड रहेको छ । गत आर्थिक वर्षको यसै अवधिमा यस्तो घाटा ७० अर्ब ३६ करोड रहेको थियो । २०८१ फागुनसम्म सङ्घीय सरकारको तिर्न बाँकी सार्वजनिक ऋण २६ खर्ब ७६ अर्ब ४ करोड पुगेको छ, जुन कुल गार्हस्थ्य उत्पादनको ४३।८ प्रतिशत हो ।

अर्थमन्त्री पौडेलले प्रस्तुत गरेको विवरण अनुसार वित्तीय पहुँच बढेको छ ।

उहाँले भन्नुभयो, ‘‘सबै स्थानीय तहमा बैँकको शाखा पुगेको छ । बैँक तथा वित्तीय संस्थाका प्रति शाखाबाट औषत दुई हजार पाँच सय २७ जनसङ्ख्यामा बैंकिङ सेवा उपलब्ध भएको छ । २०८१ फागुनमसान्तमा बैँक तथा वित्तीय संस्थाको निक्षेप ९।५ प्रतिशत र बैँक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ७।७ प्रतिशतले बढेको छ । नेप्से सूचकाङ्क २०८१ फागुन मसान्तमा २७३६।४९ विन्दु कायम भएको छ । जीवन बिमाको पहुँच ४४।१७ प्रतिशत जनसङ्ख्यामा पुगेको छ ।’’

आर्थिक सर्वेक्षणअनुसार चालु आर्थिक वर्षको फागुनसम्म वस्तु निकासी ५७।२ प्रतिशत र वस्तु पैठारी ११।२ प्रतिशतले बढेको छ । विप्रेषण आप्रवाह ९।४ प्रतिशतले बढेर १० खर्ब ५१ अर्ब ७७ करोड पुगेको छ । चालु खाता र शोधनान्तर स्थिति दुवै बचतमा रहेका छन् । विदेशी विनिमय सञ्चिति हालसम्मकै उच्च रही १४।३ महिनाको वस्तु तथा सेवाको पैठारी धान्न पर्याप्त रहेको छ ।

हालसम्म उद्योग विभाग र लगानी बोर्ड नेपालबाट ४७ खर्ब ६६ अर्ब बराबरको लगानी स्वीकृत भएको छ । वैकल्पिक ऊर्जा सहित ९९ प्रतिशत जनसङ्ख्यामा विद्युतको पहुँच पुगेको छ । कुल जडित विद्युत् क्षमता तीन हजार ६ सय २ मेगावाट पुगेको छ । सङ्घीय सरकारबाट निर्माण भएको रणनीतिक सडक सञ्जाल र स्थानीय सडक सञ्जाल गरी सडकको लम्बाई ३६ हजार एक सय ३२ किलोमिटर पुगेको छ । इन्टरनेट ग्राहकको घनत्व १४४।२३ प्रतिशत पुगेको छ भने ७२।० प्रतिशत घरधुरीमा डिजिटल टेलिभिजनको पहुँच पुगेको छ ।

त्यस्तै, मानव विकास सूचकाङ्क बढेर ०।६२२ पुगेको छ । शैक्षिक सत्र २०८१ मा आधारभुत तह ९कक्षा १–८० को खुद भर्ना दर ९४।१ प्रतिशत र माध्यमिक तह ९कक्षा ९–१२० को खुद भर्ना दर ५५।८ प्रतिशत पुगेको छ । चालु आर्थिक वर्षको फागुनसम्म ३७ हजार नौ सय ८४ विपन्न नागरिकले मुटु, क्यान्सर र मिर्गौलासम्बन्धी रोगको उपचारका लागि निःशुल्क औषधीसहितको स्वास्थ्य सेवा प्राप्त गरेका छन् । यस अवधिसम्म ९६।८५ प्रतिशत जनसङ्ख्यामा आधारभूत खानेपानी सेवाको पहुँच पुगेको सरकारले बताएको छ । त्यस्तै सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको सङ्ख्या ३७ लाख ६ हजार तीन सय ८९ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group