ABC NEWS NEPAL | No.1 News channel of Nepal
२४ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

 पुष्पकमल दाहाल सामन्तीले दिएको नाम हो- माओवादी नेता


abc news
१८ जेष्ठ २०८२, आइतबार   ६ : ५०   बजे

काठमाडौ १८ जेठ । नेकपा माओवादी केन्द्रका आदिवासी जनजाति संयुक्त मोर्चाका संयोजक सुरेश आलेमगरले पार्टी अध्यक्षको नाम प्रचण्डुमात्रै भन्न प्रस्ताव गरेका छन् । आइतबार काठमाडौंस्थित प्रज्ञा भवनमा आयोजित वाईसीएलको राष्ट्रिय सम्मेलनमा उनले श्रद्धेयु शब्द सामन्तीको भएको टिप्पणी गरे ।

“मैले अघि आदरणीय कमरेड प्रचण्ड भनेँ । श्रद्धेय भनिनँ, पुष्पकमल दाहाल पनि भनिनँ । किनभने श्रद्धेय, श्रद्धा, पूजा, आरती सामन्ती शब्द हुन्,” उनले भने, “हामीलाई सम्मान गर्न मन लाग्छ, अति सम्माननीय भन्न सक्छौँ । आदरणीय भन्न सक्छौँ ।”

उनले पुष्पकमल दाहाल प्रतिगामीले दिएको र उनीहरूले नै रुचाउने नाम भएको दाबी गरे । तर, आफूहरूलाई प्रचण्ड प्यारो लाग्ने उनले सुनाए ।

“हामी उत्पीडित जनतालाई प्रचण्ड नाम नै प्यारो लाग्छ । प्रचण्ड नाम नै गर्विलो लाग्छ । पुष्पकमल दाहाल प्रतिगामीले दिएको नाम हो, रुचाउने नाम हो । प्रचण्ड होइन,” उनले भने, “हामीले रुचाउने नाम हो, प्रचण्ड ।”

उनले पार्टीका कार्यक्रममा पुष्पकमल दाहाल नभन्ने प्रस्तावसमेत गरे । “हाम्रो कार्यक्रममा पुष्पकमल दाहाल नभनौँ, मेरो सानो प्रस्ताव छ,” मगरले भने ।

उनले त्यसोभन्दा हलमा सिठीसहितको होहल्ला भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेसमा बढ्दो विवादबीच पूर्णबहादुर खड्काको ‘सम्पूर्ण एकता’को अपिल

भृकुटीमण्डपमा नाइमा मोबिलिटी एक्स्पोको तयारी तीव्र, ५५ भन्दा बढी ब्रान्ड सहभागी हुँदै

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu