ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हिरासतबाट छुटेपछि कमल थापाको जिकिर- निषेधित क्षेत्र र कानुन तोडेका थिएनौँ


abc news
१९ जेष्ठ २०८२, सोमबार   ११ : ०३   बजे

काठमाडौ १९ जेठ । हिरासतबाट छुटेपछि राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई व्य‌ंग्यात्मक धन्यवाद दिएका छन्।

आइतबार राति प्रहरीको हिरासतबाट छुटेका उनले सोमबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘धन्यवाद प्रम केपी ओली र गृहमन्त्री रमेश लेखकज्यू, तपाईंहरूको बर्बरतापूर्ण र अमानवीय व्यवहारको निम्ति।’

उनले निषेधित क्षेत्र नतोडेको दाबी पनि गरेका छन्।

उनले अगाडि लेखेका छन्, ‘हामीले निषेधित क्षेत्र र कानुन तोडेका थिएनौँ।’

दमन र निषेधले विचार नमर्ने उल्लेख गर्दै अध्यक्ष थापाले हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापनाको संकल्प अझै सुदृढ भएको दाबी पनि गरेका छन्।

आइतबार दिउँसो राजा माग्दै प्रदर्शन गर्ने क्रममा निषेधित क्षेत्र तोडेको आरोपमा प्रहरीले काठमाडौँको नारायणचौरबाट राप्रपा नेपालका अध्यक्ष थापा, राप्रपा सांसद दीपक सिंहसहित ८ जनालाई नियन्त्रणमा लिएको थियो।

तीमध्ये थापा र सिंहसहित ७ जनालाई प्रहरीले आइतबार राति नै जिम्मा जमानीमा रिहा गरेको हो।

एकजना डा। राजीव झालाई भने अझै हिरासतमै राखिएको छ। झाले रक्सी खाएर प्रदर्शनका क्रममा अपशब्दसमेत बोलेकाले नियन्त्रणमै राखिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

कमल थापाहरू रिहा भएपछि राजावादी समूहले आज गर्ने भनेको काठमाडौँ उपत्यका बन्द पनि फिर्ता लिइसकेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

सम्बन्धित

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

प्रचण्ड गर्मीको चपेटामा युरोप : फ्रान्समा मात्र ४० जनाको डुबेर मृत्यु, तापक्रमले तोड्यो दशकौँ पुराना कीर्तिमान

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group