ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अधिवेशन गर्न नसक्ने भ्रातृ संस्थाको म्याद फेरि थप्ने तयारीमा कांग्रेस


abc news
१९ जेष्ठ २०८२, सोमबार   ४ : ०४   बजे

काठमाडौ १९ जेठ । नेपाली कांग्रेसले समयमै अधिवेशन गर्न नसकेर म्याद सकिएका भ्रातृ संस्थाको तदर्थ समितिको म्याद थप्ने तयारी गरेको छ। सोमबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा म्याद सकिएका भ्रातृ संस्थाको म्याद थप्नेबारे छलफल भएको हो।

नेविसंघ, तरुण दललगायत भ्रातृ संस्थालाई अधिवेशन सम्पन्न गर्न गत चैत मसान्तसम्मको म्याद दिइएको थियो। तर अधिकांश भ्रातृ संस्थाले न अधिवेशन हुन सक्यो न अधिवेशनको तयारी नै गर्न सके।

प्रवक्ता डा प्रकाशशरण महतका अनुसार भ्रातृ संस्थाबारे निर्देशन समितिसँग छलफल गरेर आगामी केन्द्रीय कार्यसम्पादन समिति र केन्द्रीय समितिबाट ठोस निर्णय लिइनेछ।

कांग्रेसका १३ भ्रातृ संस्थालाई चैत मसान्तभित्र महाधिवेशन गर्न म्याद तोकिए पनि ५ वटा भ्रातृ संस्थाले मात्रै महाधिवेशन सम्पन्न गरे। महाधिवेशन गर्न नसक्ने संस्थालाई पार्टीले प्रतिवेदन उपलब्ध गराउन निर्देशन दिएको थियो। नेविसंघलगायतले तीन महिना समय दिने हो भने महाधिवेशन गर्न सकिने प्रतिवेदन दिएका थिए।

नेविसंघ, तरूण दल, महिला संघ, किसान संघलगायत भ्रातृ संस्थाहरूको कांग्रेसले नियमित महाधिवेशन गर्न सकेको छैन भने तदर्थ समिति गठनको भरमा चल्दै आइरहेको छ।

अहिलेकै तदर्थ समितिलाई निरन्तरता दिने कि नयाँ तदर्थ समिति गठन गरी महाधिवेशन गर्न समय दिने भन्नेमा कांग्रेसभित्र बहस हुँदै आएको थियो। यसबारे आगामी केन्द्रीय समिति बैठक निर्णायक रहेको नेताहरू बताउँछन्।

तर, सभापति देउवाले अहिलेकै तदर्थ समितिलाई अन्तिमपटक म्याद दिएर अधिवेशन गराउने प्रस्ताव बैठकमा गरेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

सम्बन्धित

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

रास्वपा महाधिवेशनको दोस्रो चरण आज : उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि निर्वाचन हुँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group