ABC NEWS NEPAL | No.1 News channel of Nepal
२४ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गृहमन्त्रीको राजीनामाबारे विपक्षीलाई प्रधानमन्त्रीको जवाफ- त्यस्तो हुँदैन


abc news
१९ जेष्ठ २०८२, सोमबार   ५ : ००   बजे

काठमाडौ १९ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री रमेश लेखकसँग रिस उठेकै भरमा विपक्षी दलहरूले राजीनामा माग गर्दै संसद् अवरोध गरेको बताएका छन् ।

सोमबार पार्टीको संसदीय दलको बैठकमा बोल्ने क्रममा अख्तियारले एउटा कर्मचारीलाई बोलाएर सोधेकै भरमा विपक्षीले राजीनामा मागेको बताए ।

‘अहिले केही नपाएर, गृहमन्त्रीको राजीनामा रे । तथ्य प्रमाण केहीले गृहमन्त्रीलाई छुनुपर्‍यो । केही भएको छैन, एउटा कर्मचारीलाई अख्तियारले बोलाएर सोध्यो अरे भनेका भरमा,’ प्रधानमन्त्री ओलीले भने, ‘के सोध्यो पनि थाहा छैन । बयान लिएको छैन । त्यस्तो अवस्थामा हामीलाई रिस उठेको छ, गृहमन्त्रीले राजीनामा दिनुपर्‍यो । त्यस्तो हुँदैन ।’

उनले सधैं संसद् अवरोध नहुने पनि बताए ।

‘जहिल्यै पनि संसद् अवरोध रु दुई जना उठ्यो करायो अनि संसद् अवरोध रु उहाँहरूको ज्यादती पनि धेरै भयो,’ प्रधानमन्त्री ओलीले भनेका छन् । दलको बैठकमा प्रधानमन्त्री ओलीले अहिलेका विपक्षी दलहरूको चरित्र चित्रण पनि गरे ।

ओलीका अनुसार, कसैले माइतीघर मण्डलामा पुगेर सापटी लिएको पैसा नपाएर आन्दोलन गर्‍यो भने पनि विपक्षीले समर्थन गर्ने गरेका छन ।

‘कसैले बोल्यो, आफ्ना माग बोल्यो भने मेरो समर्थन छ भनेर त्यहाँ पुग्छन् । जे सुकै कारणले होस्,’ ओलीले भने, ‘साइँलाले पैसा सापटी लिएको तिरेन मलाई भनेर कोही माइतीघर मण्डलामा आयो भने विपक्षी दलहरू सबै कुदेर मण्डलामा पुग्ने । हामी साथमा छौं, आन्दोलन नछाड्नुस्, सरकारले तपाईंलाई धोका दिनसक्छ, धोका नपाउनुस् । माग पूरा गराएर छाड्नुस्, तपाईंहरूले पैसा पाउनैपर्छ, सरकारले दिनुपर्छ भन्छन् ।’

उनले यसलाई विपक्षीको शैली भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेसमा बढ्दो विवादबीच पूर्णबहादुर खड्काको ‘सम्पूर्ण एकता’को अपिल

भृकुटीमण्डपमा नाइमा मोबिलिटी एक्स्पोको तयारी तीव्र, ५५ भन्दा बढी ब्रान्ड सहभागी हुँदै

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu