ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आज पनि सार्वजनिक गाडी कम चल्दा यात्रुलाई सास्ती, राति भएको सहमति कार्यान्वयन हुन बाँकी


abc news
२० जेष्ठ २०८२, मंगलबार   १० : ५८   बजे

काठमाडौ २० जेठ । सरकार र यातायात व्यवसायीबीच गएराति सहमति भए पनि सडकमा हिजोजस्तै सार्वजनिक गाडी कम चलेका छन् ।

साझा यातायात, मयुरलगायतका केही गाडी भने नियमित रुपमा चलिरहेका छन् । सबै सार्वजनिक गाडी नचल्दा यात्रुलाई सास्ती भएको छ । कोही पैदलै गन्तव्यतिर लागेका छन् भने कोही पठाओ, इनड्राइभ, याङ्गोलगायतका राइड शेयरिङ प्रयोग गर्न बाध्य छन् ।

सरकार र यातायात व्यवसायीबीच गएराति भएको छलफलमा निजी गाडीले पनि यात्रु बोक्न पाउनेगरी गण्डकी प्रदेश सरकारले ल्याएको नियमावली स्थगन गर्ने सहमति भएको छ ।

नियमावली स्थगन गर्न प्रधानमन्त्री कार्यालयले गण्डकी प्रदेश सरकारलाई पत्राचार गर्न तयार भएपछि यातायात व्यवसायीहरु आन्दोलनका कार्यक्रम फिर्ता लिन सहमत भएका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले प्रधानमन्त्री कार्यालयले जति चाँडो गण्डकी प्रदेश सरकारलाई पत्राचार गरेर गण्डकी प्रदेश सरकारले नियमावली स्थगन गर्छ, त्यति चाँडो आफूहरुले आन्दोलनको कार्यक्रम फिर्ता लिने बताउनुभएको छ ।

आज कार्यालय खुलेपछि पत्राचारको काम हुने र यातायात बन्द फिर्ता हुन सक्ने भनिएको छ । तर कार्यालय १० बजेपछि मात्रै खुल्ने भएकाले अहिले सबै सार्वजनिक गाडी चल्न सकेका छैनन् ।

सरकारले ७ वर्षअघि सार्वजनिक यातायातमा सिन्डिकेट अन्त्यको घोषणा गरे पनि यातायात व्यवसायीले फेरि सिन्डिकेटलाई ब्युँत्याउने प्रयास गरेका हुन् ।

तत्कालीन केपी शर्मा ओली नेतृत्वकै सरकारले सार्वजनिक यातायातमा एकाधिकार तोड्न भन्दै २०७५ साल वैशाखमा सिन्डिकेट अन्त्यको घोषणा गरेको थियो । सडकमा थोरै गाडी चलेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

सम्बन्धित

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

क्वार्टरफाइनलमा को–को पुग्लान्? एआई, सुपरकम्प्युटर र फुटबल विश्लेषकका आधारमा सम्भावित अन्तिम–८ को चित्र

कोइराला निवासमा राजनीतिक सरगर्मी: प्रचण्ड र माधव नेपालद्वारा शेखरसँग सामूहिक संवाद

चितवनको राप र रास्वपाको रापताप: स्टन्टबाट पार्टीतन्त्रतर्फको कठिन यात्रा

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu