ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सभामुखसँगको छलफलमा पनि गृहमन्त्रीको राजीनामाबाट टसमस भएनन् विपक्षी दल


abc news
२० जेष्ठ २०८२, मंगलबार   २ : १०   बजे

काठमाडौ २० जेठ । प्रतिनिधिसभाको गतिरोध अन्त्य गर्न सभामुख देवराज घिमिरेले डाकेको प्रतिपक्षी दलका प्रमुख सचेतकहरूसँगको बैठक पनि निष्कर्षबिहीन भएको छ।

बैठकमा विपक्षीले यसअघिकै विषय दोहोर्‍याएपछि निष्कर्ष ननिस्केको हो।

बैठकमा सत्तारुढ दल नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले गृहमन्त्री रमेश लेखकला सदनमा बोल्न दिने वातावरण बनाउन पुनस्प्रस्ताव गरेका थिए।

तर विपक्षीले भने भिजिट भिसा प्रकरणा गृहमन्त्रीको समेत नाम जोडिएकोले उनले राजीनामा नदिई सदन चल्न नदिने बताए।

सत्तापक्ष र प्रतिपक्षबीच कुरा मिलिरहेको छैन। सरकार भन्छ( गृहमन्त्रीलाई सदनमा बोल्न दिनुपर्‍यो, नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले भने, हामी प्रतिपक्षीले भने यो घटना छानबिनका लागि उच्चस्तरीय समिति नबनेसम्म न गृहमन्त्रीले बोल्न मिल्छ न सदन चल्छ भन्यौ।

उनले प्रतिपक्षीको माग दुई वटा भएको बताए। खासगरी प्रतिपक्षीको २ वटा माग छ। एउटा माग भनेको गृहमन्त्रीको राजीनामा। मानवतस्करी सँग गृहमन्त्रीको नाम जोडियो नि त, उनले भने, दोस्रो पहिलेदेखि नै अध्यागमनबाट भिजिट भिसा प्रकरणमा आपराधिक कार्य भएको देखिएकोले यसको छानबिन गर्नुपर्‍यो। समग्र छानबिन हुनुपर्‍यो। उच्चस्तरीय छानबनिन गर्न सरकार तयार भए। गृहमन्त्रीले बोल्न पि पाउने, हाउस पनि चल्ने। नत्र हुँदैन।

पाण्डेका अनुसार कांग्रेस पमुख सचेतक घिमिरेले नयाँ प्रस्ताव आएकोले आन्तरिक छलफल गर्ने बताएका छन्।

त्यस्तै बिहान ११ बजेका लागि डाकिएको प्रतिनिधिसभा बैठक पनि दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको छ। सभामुखले सदन खुलाउनका लागि सत्तारुढ र प्रतिपक्षी दलका प्रमुख सचेतकहरूसँग छलफल जारी राखेका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

सम्बन्धित

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

प्रचण्ड गर्मीको चपेटामा युरोप : फ्रान्समा मात्र ४० जनाको डुबेर मृत्यु, तापक्रमले तोड्यो दशकौँ पुराना कीर्तिमान

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

रास्वपा महाधिवेशनमा मतदान जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group