ABC NEWS NEPAL | No.1 News channel of Nepal
२४ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओलीले रविलाई जस्तै लेखकलाई पनि फसाउँदैछन्- प्रभु साह


abc news
२१ जेष्ठ २०८२, बुधबार   ४ : १०   बजे

काठमाडौ २१ जेठ । आम जनता पार्टी आजपा का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले भिजिट भिसा प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओलीको षडयन्त्रको सिकार गृहमन्त्री रमेश लेखक भएको टिप्पणी गरेका छन्।

‘दलतन्त्रको भण्डाफोर गरौँ, गणतन्त्रको दिशामा अघि बढौँ’ भन्ने मुल नाराका साथ आज ९बुधबार० नेपालगञ्जमा आजपाद्वारा आयोजित बृहत अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै आजपा अध्यक्ष साहले प्रधानमन्त्री निवास बालुवाटारमा बुनेको एक महत्वपूर्ण काण्ड ‘भिजिट भिसा काण्ड’ भएको आरोप लगाएका हुन्।

‘प्रधानमन्त्रीको कनेक्सन गृहमन्त्रीलाई फसाउने र मोर देन कांग्रेस बनेर गिजोल्ने काम भइरहको छ। यो सबै घटनाक्रममा भिजिट भिसा प्रकरणमा केपी ओलीको हात छ। यहाँ प्रस्टै देखिन्छ काँखमा राखेर छुरा हान्ने काम भएको छ,’ आजपा अध्यक्ष साहले भने, ‘रवि लामिछानेमाथि पनि यस्तै भएको थियो, सुरुमा सहकारीमा निर्दोष रहेको भन्ने केपीले नै दोषी बनाइ जेल पठाउनु भयो। अहिले पनि यसरी फसाउँदैछन्। हेर्दै राख्नुस्, अहिले राजीनामा दिनुनपर्ने प्रधानमन्त्री ओलीले अझै भिजिट भिसामा के के गर्नुहुन्छ।’

नेपाली कांग्रेस र नेकपा एमालेको अहिलेको गठबन्धन अपवित्र भएको टिप्पणी गर्दै उनले बाहिर गठबन्धन जस्तो देखिए पनि भित्र–भित्र काटमार, एकले अर्कोलाई सिध्याउने खेल चलिरहेको बताए। अप्राकृतिक एवं अपवित्र अहिलको गठबन्धनका कारण मुलुक र जनताले दुस्ख पाइरहेको र जनता निरास भएको बताउदै उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा गरेर अन्तरिम सरकार गठन गर्नुपर्ने आवश्यक रहेको बताए। मुलुक र जनताको भविष्यका लागि अहिले अन्तरिम सरकार गठन गरेर अगाडि बढनुको विकल्प नभएको समेत उनले बताए।

यस्तै उनले तराई मधेसका समस्याबारेमा मौन रहेको वर्तमान सरकारले नेपालगंजसहितको विकास नचाहेको पनि आरोप लगाए। बजेटमै विभेद गरेर तराई मधेसलाई अझै पछाडि धकेल्ने काम सरकारले गरिरहेको बताए। ऐतिहासिक, विभिन्न आन्दोलनमा महत्वपूर्ण योगदान गरेको नेपालगंज सहित पश्चिमी तराई मधेसको विकास, समृद्धिलाई सरकारले बेवास्ता गरेको उनले बताए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेसमा बढ्दो विवादबीच पूर्णबहादुर खड्काको ‘सम्पूर्ण एकता’को अपिल

भृकुटीमण्डपमा नाइमा मोबिलिटी एक्स्पोको तयारी तीव्र, ५५ भन्दा बढी ब्रान्ड सहभागी हुँदै

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu