ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भिजिट भिसा प्रकरण: विपक्षी दलले कांग्रेस सभापति देउवासँग छलफल गर्ने


abc news
२३ जेष्ठ २०८२, शुक्रबार   ४ : १३   बजे

काठमाडौ २३ जेठ । संसद्‌मा जारी गतिरोध अन्त्य गर्नका लागि प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रसहितका विपक्षी दलहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गर्ने भएका छन्।

शुक्रबार बानेश्वरस्थित संसद भवनमा बोल्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संसदको अवरोध हटाउन देउवासँग कुरा गर्ने बताएका हुन्।

‘छानबीन मुख्य कुरा हो, सरकारबाट भरपर्दो प्रतिबद्धता आयो भने यो विषयलाई सकारात्मक ढंगले लिन सकिन्छ भन्ने प्रतिपक्षहरूको कुरा भयो,’ उनले भने, ‘प्रतिपक्षको तर्फबाट नेपाली कांग्रेसका सभापतिसँग कुरा गर्न उचित हुन्छ अहिलेका राजनीतिक विषयलगायत समसामयिक राजनीतिक विषयमा भन्ने भयो। भरखरै सत्तापक्षका, खासगरी नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, ज्ञानेन्द्र कार्की, श्याम घिमिरेसँग, आज चाहिँ सदन नचलाउने। आज सूचना टाँसेर जाने भन्ने समझदारी भयो। मलाई लाग्छ एकदुईदिनमा यो विषयमा सकारात्मक ल्यान्डिङ हुन्छ।ु

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको नाम जोडिएको भन्दै विपक्षीले प्रतिनिधिसभा बैठक लगातार अवरुद्ध गर्दै आइरहेका छन्। विपक्षीले उच्चस्तरीय छानबिन समिति गठनको माग गरेका छन् भने सत्तापक्ष तयार भएका छैनन्।

उनले छानबिन समिति गठन पूर्वन्यायाधीश या कसैको नेतृत्वमा बनाउनुपर्ने लगायतबारे कुरा भए पनि सहमति नभएको बताए।

अहिले संसदीय छानबिन समिति बनाएर जाने, या पूर्वन्यायाधीश कसैको नेतृत्वमा न्यायिक समिति बनाएर छानबिन गर्ने, या अर्को के गर्ने भन्नेमा सहमति भएको छैन, उनले भने ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पौडेललाई गैरकानुनी रूपमा थुनिएको भन्दै श्रीमती दोमाया पुगिन् सर्वोच्च

रास्वपा नेतृत्वको दौड: ९९ सिटका लागि ३८४ जनाको होड, ८० महिला प्रतिस्पर्धी (सूची)

सम्बन्धित

विष्णु पौडेललाई गैरकानुनी रूपमा थुनिएको भन्दै श्रीमती दोमाया पुगिन् सर्वोच्च

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

रास्वपा नेतृत्वको दौड: ९९ सिटका लागि ३८४ जनाको होड, ८० महिला प्रतिस्पर्धी (सूची)

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group