ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रचण्डलाई देउवाको आग्रह, अहिलेको जटिल परिस्थितिमा तपाईंले सहयोग  गरिदिनुपर्‍यो


abc news
२५ जेष्ठ २०८२, आइतबार   ३ : १९   बजे

काठमाडौ २५ जेठ । सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संसद् सञ्चालन गर्नका लागि सहयोग मागेका छन्।

शुक्रबार देउवालाई भेट्न उनकै निवास बुढानीलकण्ठ पुगेका प्रचण्डलाई अहिले जटिल परिस्थिति भएको भन्दै संसद् बैठक सञ्चालन गर्न सहयोग गर्न आग्र गरेका थिए।

विपक्षीदलहरुको बानेश्वरमा जारी बैठकमा देउवासँगको भेटबारे ब्रिफिङ गर्दैै प्रचण्डले विपक्षीहरुसँग छलफल गरेर निर्णय गर्ने आफूले जवाफ दिएको बताए।

‘कांग्रेस पार्टी सभापतिले अहिलेको जलिट परिस्थितिमा तपाईंले सहयोग गरिदिनुपर्‍यो भनेर सहयोगको हात फैलाउनुभयो भनेर उहाँ ९प्रचण्ड०ले हामीलाई सुनाउनु भएको छ,’ नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले भने।

भिजिट भिसा प्रकरण मुछिएका रमेश लेखकले राजीनामा दिएर अनुसन्धानमा सहयोग पुर्‍याउनुपर्ने भन्दै विपक्षी दलहरूले संसद् अवरोध गर्दै आएका छन्।

नेपाली कांग्रेसका गृहमन्त्रीबारे कुरा उठेकाले आफूहरुले यसबारे कांग्रेस सभापतिको धारणा बुझ्न विपक्षी दलको तर्फबाट प्रचण्डलाई बुढानीलकण्ठमा पठाएको पाण्डले उल्लेख गरे।

‘रमेश लेखक कांग्रेसकै पार्टीको हो, उनकै पार्टीका सभापति भए,’ पाण्डेले भने, ‘के हो त यसबारेमारु स्वयं पार्टी सभापतिको धारणा के छ भनेर सल्लाह गर्नलाई तपाईं जानुहोस् प्रतिपक्षीको तर्फबाट भनेर हामीले पठाएको हो।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशनमा मतदान जारी

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

सम्बन्धित

रास्वपा महाधिवेशनमा मतदान जारी

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

‘खराब मानिस’बाट ‘बुद्धिमान नेतृत्व’सम्म : ट्रम्प नेतृत्वको दक्षिणपन्थी राजनीतिले इरानप्रतिको दृष्टिकोण किन बदल्दैछ?

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group