काठमाडौं । नेपाली कांग्रेसको असन्तुष्ट पक्षले साउन २९ देखि ३१ गतेसम्म आयोजना गर्ने घोषणा गरेको राष्ट्रिय भेला स्थगित हुन सक्ने संकेत देखिएको छ।
भेलाको तयारी तीव्र भइरहेका बेला असन्तुष्ट पक्षकै पूर्वकेन्द्रीय सदस्य किरण पौडेलले पूर्वसभापति शेरबहादुर देउवाको निर्देशनमा भेला स्थगित हुन सक्ने बताएका छन्।
पौडेलले पूर्वसभापति देउवाको निर्देशन आए राष्ट्रिय भेला स्थगित हुन सक्ने बताएका हुन्।
विशेष महाधिवेशनलाई वैधता दिने निर्वाचन आयोगको निर्णय सदर गर्ने सर्वोच्च अदालतको यसअघिको फैसला पुनरवलोकन हुने भएपछि असन्तुष्ट पक्षले भेलामा थप नेताहरू सहभागी गराउने तयारी गरेको थियो। भेलाको तयारीका लागि ३२ वटा समिति गठन गरेर काम भइरहेको बताइएको छ।
तर, कांग्रेस असन्तुष्ट पक्षका नेता डा. प्रकाशशरण महतले भने साउन २९ देखि ३१ गतेसम्म तय गरिएको राष्ट्रिय भेला स्थगित नहुने दाबी गरेका छन्।
यससँगै कांग्रेसको असन्तुष्ट पक्षभित्र राष्ट्रिय भेला गर्ने वा स्थगित गर्ने विषयमा मतभेद देखिएको छ।
Originally published on abcnews.com.np.
















प्रतिक्रिया दिनुहोस्