ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विनोद चौधरीको पहलमा गण्डक नहर पूर्ण क्षमतामा सञ्चालन, सिँचाइमन्त्रीले गरे उद्घाटन


abc news
२६ जेष्ठ २०८२, सोमबार   २ : १७   बजे

काठमाठौ २६ जेठ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल गण्डक पश्चिमी नहर सिँचाइ आयोजनाको सेटलिङ्ग बेसिन उद्घाटन गरेका छन्।

आज नवलपरासीको सेमरीमा एक कार्यक्रमका बीच ऊर्जामन्त्री खड्का र सांसद विनोद चौधरीले संयुक्त रुपमा सेटिलिङ्ग बेसिनको उद्घाटन गरेका हुन्। अब यो नहर पूर्ण क्षमतामा सञ्चालनमा आएको छ।

२०३९ सालमा निर्माण भएको नहरको सिँचाइ क्षमता ८ हजार ७ सय हेक्टर क्षेत्रफल भए पनि मुहानमै बालुवा थुप्रिने समस्याका कारण २० प्रतिशत क्षमतामा मात्रै सिचाई हुँदै आएको थियो। २०७९ सालमा प्रतिनिधिसभा सदस्य निर्वाचित भएपछि चौधरीले नहरलाई पूर्ण क्षमतामा सञ्चालन गर्न पहल गर्दै आएका थिए। यो नहर सांसद चौधरीको निर्वाचन क्षेत्रमा पर्दछ।

पश्चिम नवलपरासी–१ बाट निर्वाचित सांसद चौधरीले अब साविक भन्दा नहरबाट पाँच गुणा बढि भूमिमा सिंचाई सुविधा उपलब्ध हुने भएपछि किसान लाभान्वित हुने बताए।

‘नेपाली नहर पूर्ण सञ्चालनमा आउने व्यवस्था मिलाएपछि नवलपरासीका किसानको मुहारमा भरिएको खुसी देख्न पाउँदा मलाई अत्यन्तै सन्तुष्टि मिलेको छ’, उनले भने, ‘यहाँका नागरिकले ३५ वर्ष सिँचाइका लागि जुन संघर्ष गर्नुपरेको थियो, तपाईंहरुको पीडासँग जोडिएको त्यो वेदनालाई अब सम्बोधन गरेको छ। यो पर्याप्त छैन। हामीले अझै धेरै गर्नु छ।’

किसानका समस्याप्रति आफू सधैँ संवेदनशील रहेको र भविष्यमा किसानका लागि प्रभावकारी परियोजनाहरू नवलपरासीले पाउने पनि चौधरीले बताए।

सांसद चौधरीले हरेक वर्ष वर्षायाममा हुने डुबान र कटानको समस्याबाट यो क्षेत्र अत्यन्तै प्रभावित भएकाले यसको दीर्घकालीन समाधानका लागि ऊर्जामन्त्रीको ध्यानाकर्षण गराए। उनले ६५ वर्षअघि नेपाल–भारतबीचको ऐतिहासिक सम्झौता भएको गण्डक परियोजनाबारे भारतीय पक्षसँग गम्भीर रुपमा संवाद गर्नुपर्ने खाँचो औँल्याए।

‘वर्षा सुरु हुनेबित्तिकै यो क्षेत्रका जनताहरु त्रासमा बाँच्नुपर्ने अवस्था छ। डुबान र कटानको समस्या हरेक वर्ष भोगिरहनुपरेको छ। यसको निकासका लागि हामीले भारतीय पक्षसँग गम्भीरतापूर्वक संवाद गर्न जरुरी छ, यसका लागि मन्त्रीज्यूको ध्यानाकर्षण गराउँदछु’, उनले भने, ‘नेपालले आफ्नोतर्फबाट गर्नुपर्ने काम पनि गर्न जरुरी छ। यो क्षेत्रको जुन डुबानको समस्या छ, त्यसका लागि सरकारले आवश्यक बजेट विनियोजन गरेर दीर्घकालीन समाधान गर्न ढिलाइ गर्नुहुन्न।’

आज उद्घाटन गरिएको नेपाल गण्डक पश्चिमी नहरको सेटलिङ्ग बेसिन ३५ करोड लागतको परियोजनामा अढाई वर्षमा सम्पन्न भएको हो। सेटलिङ्ग बेसिन निर्माणपछि अब नहरमा बालुवा जान रोकिनेछ।

मन्त्री खड्काले पश्चिम नवलपरासीका नागरिकले भोगेको डुबान र सिँचाइको समस्या समाधानका लागि आफू प्रतिबद्ध रहेको बताए।

उनले भने, ‘माननीय विनोदजीले मलाई यो कार्यक्रममा आउनुअघि नै भनिसक्नुभएको छ कि यहाँ रहेका ६ वटा नदीहरूमा तटबन्ध गर्नु छ। त्यसका लागि पर्याप्त बजेटको आवश्यकता छ। त्यस्तै यहाँ कार्यरत अधिकृतहरु पनि उच्च स्तरको भइदिए काममा झन् सजिलो हुन्थ्यो। हामीले ६५ वर्ष जुन कष्टका साथ व्यतित गरेका छौँ, अब यो समय लामो जान दिनुहुँदैन भन्नेमा हामी प्रतिबद्ध छौँ। यसका लागि सरकार गम्भीर छ।’

पश्चिम नवलपरासीमा आफू दोस्रो पटक आएको र यहाँका समस्यासँग जानकार रहेको उल्लेख गर्दै मन्त्री खड्काले सांसद चौधरीजस्तो राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा स्थापित व्यक्ति यो क्षेत्रले पाउनु गौरवको विषय रहेको बताए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

रास्वपा महाधिवेशनमा मतदान जारी

सम्बन्धित

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

रास्वपा महाधिवेशनमा मतदान जारी

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

‘खराब मानिस’बाट ‘बुद्धिमान नेतृत्व’सम्म : ट्रम्प नेतृत्वको दक्षिणपन्थी राजनीतिले इरानप्रतिको दृष्टिकोण किन बदल्दैछ?

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group