ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमालेको झोलामा राष्ट्रवाद भएकाले म झोले हुन तयार भएँ – मन्त्री गुरुङ


abc news
२८ जेष्ठ २०८२, बुधबार   ३ : ३३   बजे

काठमाडौ २८ जेठ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्र, राष्ट्रियता र जनताका मुद्दा बोकेर नेकपा एमाले अघि बढेको बताएका छन्।

बुधबार सिंहदरबारमा मन्त्रीपरिषद्का निर्णय सुनाउँदै उनले आफूहरु झोल खाने नभइ जनताका मुद्दा बोकेर हिँड्ने पार्टीका झोले भएको जिकिर गरे।

नेकपा एमालेले उठाएका जनताका माग, मुद्दाको झोला बोकेर अहिलेसम्मको स्थितिमा आएको बताउँदै पार्टीको नीति सिद्धान्त, झण्डा बोकेकाले एमाले पार्टीको झोले हुनमा गौरववोध गर्नुपर्ने बताए।

साथै एमालेको झोलामा राष्ट्रवादको सिद्धान्त रहेको समेत जिकिर गरे।

मन्त्री गुरुङले भनेः

झोल खानेलाई पनि झोले भन्छ, झोला बोक्नेलाई पनि झोले भन्छ। हामीले झोल खाने झोले भनेको होइन। हाम्रो अहिलेको प्रधानमन्त्री जो एमालेको अध्यक्ष पनि हुनुहुन्छ, उहाँले भन्न खोज्नुभएको झोले भनेको हामी पार्टीको झोला बोक्ने, जुन पार्टीमा झोला बोकर काम गरेका छौँ, नीति सिद्धान्त, झण्डा पनि हो।

एमालेको झोले हुन किन म तयार छु भने एमालेको झोलामा राष्ट्रवादको सिद्धान्त बोकेको छ। त्यसैले अटेको छ। आजको जनताको बहुदलीय जनवादलाई एमालेले अहिलेको लोकतन्त्रलाई हामीले त्यसको वृहत रुपमा किन्प्रिहेन्सिभ डेमोक्रेसी भनेका छौँ। त्यो झोलाको सिद्धान्त बोकेको कार्यकर्ताको पार्टी हो एमाले।

एमालेको राष्ट्रियता, कूटनीति, प्रजातन्त्र लोकतन्त्रप्रतिको सिद्धान्त वा अहिलेको गुड गभर्नेन्स कसरी चलाउने, गुड गभर्नेन्स नभइकन सामाजिक आर्थिक रुपान्तरण हुँदैन, समाजवादको आधार तयार हुँदैन। हाम्रो दर्शन, सिद्धान्त, राजनीति बोकेर जसले हिँड्छ, त्यो एमालेको झोला बोक्ने मान्छे हो भनेको हो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

सम्बन्धित

रोमाञ्चक बराबरीसँगै जापान र स्विडेन नकआउटमा, अब ब्राजिलसँग जापानको महाभिडन्त

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

रास्वपा महाधिवेशन: सर्वसम्मति नजुटे ६ पदमा चुनावी प्रतिस्पर्धा, उम्मेदवारहरूको लामै सूची

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : १८८ जनाको मृत्यु, १,५०० भन्दा बढी घाइते, हजारौँ अझै भग्नावशेषमुनि फसेको आशंका

विश्वकप २०२६: निकोलस पेपेको दुई गोलसँगै कोट डी आइभोर पहिलोपटक नकआउट चरणमा

इक्वेडरको ऐतिहासिक जित : जर्मनीलाई २–१ ले हराउँदै २० वर्षपछि विश्वकपको नकआउट चरणमा प्रवेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group