ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

घर भाडामा खोज्दै दरबार हाईस्कुल, पुन: निर्माण बल्ल सुरु हुने


admin
१४ चैत्र २०७४, बुधबार   ५ : २५   बजे

काठमाडौं, १४ चैत । नेपालकै सबैभन्दा पुरानो स्कुल दरबार हाईस्कुलको पुननिर्माण सुरु हुने भएको छ । २०७२ साल वैशाखको भूकम्पमा क्षतिग्रस्त भएको हाइस्कुलको पुनर्निर्माण बल्ल सुरु गर्न लागिएको हो ।

क्षतिग्रस्त भवन पुनर्निर्माण हुने भएपछि कक्षा सञ्चालन तथा विद्यालयका अन्य कामकारबाही भाडाको घरबाट गर्नुपर्ने अवस्था आएको विद्यालयले जनाएको छ ।

विद्यालय पुनर्निर्माण गर्ने निर्णय भइसकेको बताउँदै प्रधानाध्यापक हेमचन्द्र महतोले नयाँ भवन निर्माण भइञ्जेल भाडाको भवनमा सर्ने तयारी भइरहेको जानकारी दिए ।

चीन सरकारले निर्माण गर्न लागेको विद्यालय निर्माण कार्यको लागि ठाउँ खाली गर्नुपर्ने भएका कारण उपयुक्त स्थानको खोजी भइरहेको प्रअ महतोले बताए । नयाँ शैक्षिक सत्र भाडामै सञ्चालन गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ ।

यसअघि चीन सरकारले बनाएको नक्सा सम्पदा जोगाउने तरिकाको नभएको भन्दै विवाद भएको थियो । गएको फागुनमा नक्सा पास गर्न बनेको समितिले सम्पदा मासिने गरी स्कुलको डिजाइन गरेको भन्दै अनुमति दिन मानेको थिएन । समितिमा आर्किटेक्ट इन्जिनियरको संस्था, स्ट्रक्चरल इन्जिनियरको संस्था, भवन विभाग, पुरातत्व विभागलगायत सदस्य रहन्छन् । पुनः बसेको समितिको बैठकले विद्यालय भवन निर्माण गर्ने अनुमति दिएको प्रधानाध्यापक महतोले बताए ।

सरकारले ऐतिहासिक दरबार हाइस्कुलको पुरानो भवनमा बस्न नमिल्ने भन्दै रातो स्टीकर टाँसेपछि कक्षा र स्कुलका कामकारबाही टहराबाटै चलाईदै आइएको थियो । तीन वर्षदेखि ११ वटा टहरा निर्माण गरी दरबार र संस्कृत विद्यालयका विद्यार्थी पढाइँदै आइएको प्रअ महतो बताउँछन् ।

भाडाको घर खोजी भइरहेको बताउँदै प्रधानाध्यापक महतोले भने, “हामी पाएसम्म नजिकै सर्ने सोचमा छौं । यसो गर्दा भएका विद्यार्थीले स्कुल छोड्ने समस्या हुँदैन ।” टाढा सरे सानो कक्षाका विद्यार्थीले पढाइ छोड्ने निश्चित रहेको बताउँदै उनले नजिकमै अन्य विद्यालय भएको हुनाले ठूलो कक्षाका विद्यार्थीलाई समेत टिकाइराख्न नजिकै भवनको खोजी भइरहेको बताए ।

यस वर्ष हाइस्कुलबाट जम्मा २२ जना छात्रछात्राले एसईई दिँदै छन् । जसमध्ये १२ जना छात्रा छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group