ABC NEWS NEPAL | No.1 News channel of Nepal
२४ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मदन भण्डारी विश्वविद्यालयमा पीएचडी गर्नेलाई शतप्रतिशत छात्रवृत्ति, मासिक २० हजार भत्ता पनि दिइने


abc news
३० जेष्ठ २०८२, शुक्रबार   ११ : ०५   बजे

काठमाडौ ३० जेठ । मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले विद्यावारिधि ९पीएचडी० गर्ने सबै विद्यार्थीलाई शतप्रतिशत छात्रवृत्ति दिने भएको छ । विश्व विद्यालयले विद्यावारिधि तहमा भर्ना हुन आउने विद्यार्थीलाई सत् प्रतिशत छात्रवृत्तिसहित तीन वर्षका लागि मासिक २० हजार रुपैयाँ पनि शैक्षिक भत्ता प्रदान गर्ने जनाएको छ ।

मकवानपुरको चितलाङमा रहेको विश्वविद्यालयले आउँदो नोभेम्बरको लागि अप्लाइड साइन्स सङ्कायअन्तर्गत स्नातकोत्तर र विद्यावारिधि तहका लागि भर्ना आवेदन खुलाएको छ । विद्यावारिधि तहका लागि आर्टिफिसिएल इन्टेलिजेन्स ९एआई०, अर्गानिक एग्रिकल्चर, फरेस्ट बायोमटेरियल साइन्स एन्ड इन्जिनियरिङ, सस्टिनेबल एन्ड रेजिलियन्स इन्फ्रास्ट्रक्चर गरी चार विधामा आवेदन दिन सकिन्छ ।

यस्तै स्नातकोत्तर तहमा अर्गानिक एग्रिकल्चर, फरेस्ट बायोमटेरियल साइन्स एन्ड इन्जिनियरिङ, सस्टिनेबल एन्ड रेजिलियन्स इन्फ्रास्ट्रक्चर गरी तीन विधामा आवेदन खुलेको हो । स्नातकोत्तर तहमा एक सेमेस्टरको ७५ हजार रुपैयाँ शुल्क तोकिएको छ भने विद्यार्थीहरूका लागि छात्रवृत्ति र शैक्षिक भत्ताको समेत व्यवस्था रहेको विश्वविद्यालयका उपप्राध्यापक डा। राजिव सुब्बाले जानकारी दिनुभयो ।

स्नातकोत्तर तहमा भर्ना हुने विद्यार्थीलाई भने २५ देखि सत् प्रतिशत छात्रवृत्ति प्रदान गरिने उहाँको भनाइ छ । जसमध्ये हरेक विधाका दुईरदुई जना विद्यार्थीले शत प्रतिशत छात्रवृत्तिसहित दुई वर्षका लागि मासिक १२ हजार रुपैयाँ शैक्षिक भत्ता पनि पाउनेछन् । विश्वविद्यालयमा अध्ययन गर्न चाहने विद्यार्थीले आउँदो असार २० गतेसम्ममा आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

शिवपुर सबस्टेसनमा जम्पर कन्डक्टर चुडिँदा विद्युत् प्रणालीमा अवरोध, देशभर आपूर्ति सामान्य

१४.२ केजी सिलिन्डरमा फर्किएपछि देखिएको ग्यास अभाव घट्दै

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu